सर्लाहीको ब्रदर्श आयल स्टोर्समा तालाबन्दी


रुपबहादुर विश्वकर्मा, हरिवन,असार ५ । 
तौलमा ठगी गर्न खोजेको उपभोक्ताको गुनासोपछि सर्लाहीको नयाँरोडमा रहेको द ब्रदर्श आयल स्टोर्सलाई पेट्रोल विक्री वितरण गर्न प्रहरीले रोक लगाएको छ । आज बिहान मोटरसाईकलमा पेट्रोल हाल्न गएका एक उपभोक्ताले १२ लिटरको ट्यांकीमा तेल भरेर १५ लिटरको पैसा माग गरेको गुनासो गरेपछि पुगेको प्रहरीले पेट्रोल पम्पमा ताला लगाई दिएको हो । अनुसन्धानका लागि पेट्रोल विक्री वितरणमा रोक लगाईएको भएपनि डिजेल बेच्न भने आयल स्टोर्सलाई नरोकिएको प्रहरीले जनाएको छ ।

 आज बिहान १० बजे ना १८ प ६४ ०८ नम्बरको सुपर स्प्लेण्डर मोटर साईकल लिएर त्यहाँ पेट्रोल हाल्न जानु भएका हरिवन गाविस वडा नं. ८ का शेष नजरुलले आफ्नो १२ लिटर मात्र क्षमता भएको मोटर साईकलमा पेट्रोल भरेर १५ लिटरको पैसा मागेको भन्दै पैसा दिन ईन्कार गरेपछि विवाद भएको थियो । त्यसपछि पेट्रोल पम्पको चेकजाँच हुनुपर्ने माग गर्दै स्थानीय उपभोक्ता तथा विद्यार्थीहरु विरोधमा उत्रिएपछि प्रहरी घटनास्थलमा गएको थियो  । आयल स्टोर्स संचालक नारायण मैनालीले भने कामदारको गल्तीले गर्दा यस्तो घटना भएको बताउनु भएको छ । ठगी गर्ने त्यस्तो कुनै उद्देश्य नरहेको बताउँदै मैनालीले आफ्नो पेट्रोल पम्पले सधैं उचित तौलमा तेल वितरण गर्दै आएको पनि दाबी गर्नु भयो ।


Related

विविध 8329820790278575216

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item