ओखलढुंगाको सबै गाविसको बजेट तथा योजनाको पुस्तिका बनाइने

राजन रुचाल, ओखलढुंगा,असार ५ । 
असल शासन परियोजना प्रो पब्लिकसंगको सहकार्यमा जिल्ला विकास समिति ओखलढुंगाले यस वर्ष गाउँ विकास योजना तथा बजेट तर्जुमा पुस्तिका तयार पार्ने भएको छ । आगामी आर्थिक वर्ष २०६९/७० को गाँउ परिषदबाट पारित हुने गरि पुस्तिका तयार पार्न लागिएको जिल्ला विकास समितिले जनाएको छ । पुस्तिका तयार भएपछि गाविसका सम्पूर्ण निति तथा कार्यक्रमहरु पारदर्शी हुने भएकाले पुस्तिका तयार पार्न लागिएको स्थानिय विकास अधिकारी राधाकृष्ण श्रेष्ठले बताउनुभयो । गाउँ विकास योजना तथा बजेट तर्जुमा पुस्तिका तयार पार्नका लागि आजदेखि जिल्लाका सबै गाविसका गाविस सचिवहरु समावेश गरि तिन दिने कार्यशाला गोष्ठी सञ्चालन गरिएको श्रेष्ठले बताउनुभयो । 

Related

विविध 1051666723175035174

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item