अपहरणकारी पक्राउ

सिरहा,असार ५ । 
भारतीय नागरिकलाई अपहरण गर्ने तीनजना अपहरणकारीलाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ । भारतीय नागरिक मनोज चौधरीलाई अपहरण गर्ने धादिङ्ग जिल्ला महादेवस्थान–९ का दिनेश सेडाई, झापा गरामनी–८ का दिनेश खरेल र राजविराज–५ का मोहम्मद अख्तरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।

 अपहरित चौधरीलाई राजविराज–५ स्थित अख्तरको घरमा बन्धक बनाइ लुकाएर राखिएको प्रहरी नायब उपरीक्षक गोबिन्द अधिकारीले बताउनुभयो । अपहरणकारीहरुले २० लाख फिरौती मागेको पाइएको प्रहरीले जनाएको छ ।

Related

विविध 3469789752426949135

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item