काङ्ग्रेस केन्द्रीय समिति बैठक सुरु, देउवा पक्ष पनि सहभागी

काठमाण्डौ,असार ५ । 
नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । बैठकमा सरकार विरुद्ध घोषणा गरिएको आन्दोलनका कार्यक्रम र पार्टीभित्रको एकताका विषयमा थप छलफल हुँदैछ । प्रधानमन्त्रीदेखि सरकारका मन्त्रीहरुलाई बहिष्कारसम्मका कार्यक्रम घोषणा गरेको काङ्ग्रेसले अरु दलहरुसँग मिलेर थप आन्दोलनका कार्यक्रम ल्याउने विषयमा पनि छलफल हुने नेता अर्जुन नरसिंह केसीले जानकारी दिनुभयो ।

 अहिले देखिएको राजनीतिक संकटको निकास र सरकार विरुद्धका आन्दोलनका कार्यक्रममा नै बैठक केन्द्रित रहने केसीले बताउनुभयो । भ्रातृ सस्थाको पुनर्गठनपछिको आन्तरिक एकतासँगै पहिलो पटक वरिष्ठ नेता शेरबहादुर देउवा समूह पनि काङ्ग्रेसको केन्द्रीय समितिको बैठकमा सहभागी भएको छ ।

Related

विविध 3704297205873791208

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item