अझैपनी ढोका खुल्ला छ:वैद्य
http://sindhulidarpan.blogspot.com/2012/06/i_9359.html
काठमाण्डौ,असार ५ ।
नवगठित पार्टी नेकपा, माओवादीका अध्यक्ष मोहन बैद्यले एकीकृत नेकपा माओवादीसँग अझै पनि एकता हुन सक्ने बताउनुभएको छ । नयाँ पार्टी गठनबारे जानकारी दिन आज काठमाण्डूमा गरिएको पत्रकार सम्मेलनमा वैद्यले एकताका लागि प्रचण्ड र बाबुराम रुपान्तरित हुनुपर्ने बताउनुभयो । प्रचण्ड र बाबुराम सच्चिएर आएमा आगामी फागुन १ गतेसम्ममा एकताको लागि वार्ता गर्न आफूहरु तयार रहेको उहाँको भनाई छ । पत्रकार सम्मेलनमा उहाँले नेपाली कम्युनिष्ट आन्दोलनमा अवसरवाद हावी हुन थालेपछि आफूहरुले एकीकृत नेकपा माओवादीसँग सम्बन्धविच्छेद गर्नुको विकल्प नरहेको बताउनुभयो । उहाँले अरुले आरोप लगाएजस्तो आफूहरुको पूर्वराजा ज्ञानेन्द्रसँग कुनै पनि किसिमको सम्बन्ध नरहेको स्पष्ट पार्नुभयो । कम्युनिष्ट पार्टीमा भाइचारा हुने भएकाले रिमसँग आफूहरुको पनि सम्बन्ध रहेको बताउनुभयो । काँग्रेस, एमाले र एकीकृत नेकपा माओवादीको एजेण्डा सत्ता मात्रै भएकाले त्यहाँ आफूहरु सहभागी नरहेको पनि उहाँको भनाइ थियो । तर आफूहरुको तत्कालिन कार्यनिति चाँही अन्तरिम संयुक्त सरकार हुनुपर्ने भएको बताउनुभयो । नयाँ पार्टी घोषणा कार्यक्रममा महासचिव रामबहादुर थापाले दुई दिने राष्ट्रिय भेलाबाट गरिएको निर्णय सार्वजनिक गर्नुभएको थियो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !