अपांगलाई हास्यटेलिशृखला जिरेखुर्सानीको सहयोग (भिडियो)
http://sindhulidarpan.blogspot.com/2012/06/i_8540.html
भिडियोको लागी यहाँ क्लिक गर्नुहोस् ।
काठमाण्डौ,असार ५ ।हास्यटेलिशृखला जिरेखुर्सानीले एकै परिवारका पाँच अपांग दिदीबहिनीलाई आर्थिक सहयोग गरेको छ । शृंखलाले ४०० भाग पूरा गरेको उपलक्ष्यमा युनिटले हालै पर्वतको रानीपानी–६ पस्यारका १९ वर्षीया मिठु, १७ वर्षीया मञ्जु, ११ वर्षीया गंगा–जमुना र ८ वर्षीया अनिता परियारका दिदीबहिनीलाई एक लाख एक हजार एक सय ११ रुपियाँ सहयोग गरेको हो । पीडितका आमाबुबा बलबहादुर र कौशीलालाई जिरेखुर्सानी युनिटले रकम प्रदान गरेको हो । हातखट्टा दुवै नचल्ने समस्याबाट पीडित पाँचै दिदीबहिनीको उपचार सम्भव नभएको चिकित्सकले बताएको पिता बलबहादुरले जानकारी गराए ।
‘अपांग दिदीबैनी र परिवारको पीडा साट्न पाउँदा खुसी लागेको छ,’ शृंखलाका निर्देशक शिवहरि पौडेल तथा जीतु नेपालले भने । दूरदराजमा रहेका पीडितसम्म राज्य पक्ष र सम्बन्धित निकायको ध्यान तान्न सकियोस् भनेर आफूहरू त्यहाँ पुगेको उनीहरूले बताए । पौडेल र केसीका अलावा जिरेखुर्सानीका अन्य कलाकार राजाराम पौडेल, मनोज आचार्य, शिवहरि वैरागी, देवीराम पराजुली, सविता गुरुङ, मुकुन्द आचार्य, नीरज नेपाल, हिमा कोइराला, छायाकार मनराज श्रेष्ठ गुर्जुधारा, सम्पादक रवीन भट्ट पनि पर्वत पुगेका थिए ।
दोश्रो भाग यहाँ
तेश्रो भाग यहाँ
दोश्रो भाग यहाँ
तेश्रो भाग यहाँ



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !