पुरिएको बच्चाको जीवितै उद्धार

ताप्लेजुङ,असार ५  

ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा भर्खरै जन्मिएको एउटा बच्चा  पुरिएको अवस्थामा  जिवितै फेला परेको छ ।  फुङ्लिङ १ देउलिङ्गेको मकैवारीमा बच्चा पुरिएको अवस्थामा गाउँलेहरुले फेला पारेको ताप्लेजुङ सदरमुकाम आउदै गर्नु भएका त्रिभुवन मावि थुकिमाका शिक्षक मातृका शर्पाले जानकारी दिनुभयो । बच्चाको अवस्था समान्य रहेको छ । 

उहाँका अनुसार छोरी पुर्ने आमा फुलमाया विकलाई गाउलेहरुले नियन्त्रणमा लिएका छन् । उनलाई प्रहरीको जिम्मा लगाउने तयारी भईरहेको छ । ताप्लेजुङको सावाँ घर भएकी फुलमायाको श्रीमान विदेशमा रहेको र माइती फुङ्लिङ १ देउलिङ्गेमा बस्दै आएको बताइएको छ । ताप्लेजुङका  प्रहरीले अनुसन्धानको लागि प्रहरी टोली त्यस तर्फ पठाइ जनाएको छ ।


Related

विविध 9094694872313669274

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item