नयाँरोडको पेट्रोल पम्पले ठगी गदैछ उपभोक्ता

रुपबहादुर विश्वकर्मा, हरिवन,असार ५ । 

पूर्वपश्चिम लोकमार्ग अन्तर्गत नयाँरोडमा रहेको द ब्रदर्श आयल स्टोर्सले १२ लिटरको ट्यांकीमा पेट्रोल भरेर १५ लिटरको पैसा लिन खोजेको उपभोक्ताले आरोप लगाएका छन् । आज बिहान १० बजे ना १८ प ६४ ०८ नम्बरको सुपर स्प्लेण्डर मोटर साईकलमा त्यहाँ पेट्रोल हाल्न गएका हरिवन गाविस ८ का शेष नजरुलले १२ लिटर क्षमताको मोटर साईकल ट्यांकीमा भर्न लगाएकोमा पेट्रोल पम्पवालाले १५ लिटरको पैसा मागेको र आफूले दिन ईन्कार गर्दा विवाद भएको नजरुलले बताउनु भयो । स्थानीय उपभोक्ता तथा विद्यार्थीहरुले पेट्रोल पम्पको चेकजाँच हुनु पर्ने माग गर्दै विरोध जनाएपछि अहिले घटनास्थलमा प्रहरी पुगेको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Related

विविध 7772407419069100194

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item