ईजरायलमा नेपाली कथानक चलचित्र स्वीकार प्रदर्शन हुने

ईजरायल,असार ५ ।

नेपाली कला सँस्कृतिलाई समेटेर डाएस्पोरमा तयार पारिएको धेरै ओटा अवार्ड पाउन सफल नेपाली कथानक चलचित्र ‘स्वीकार’ ईजरायलमा प्रदर्शन हुने भएको छ । नेपाली कला र सँस्कृतिको प्राबासमा पनि परिचय गराउन सफल सो चलचित्र यहि आउदो जुलाई १३ तारिख शुक्रबार तेल अभिबको हागाना १३५ बेत बारबार स्थित हलमा प्रदर्शन हुने भएको हो । 

गौरीपुत्र फिल्म्स् प्रा लि को ब्यानरमा रवि राज अर्यालको लेखन, निर्माण तथा निर्देशन र रेश मरहठ्ठा र कार्ला बेचिचिको मूख्य भूमिका रहेको चलचित्र 'स्वीकार' इजरायलमा प्रदर्शनको लागि नेपाली नारी आवाज इजरायल र श्री सत्य साई केन्द्र इजरायलले संयुक्त आयोजना गरि इजरायलमै कार्यरत हामी जो कसैलाई पनि परेका गहन समस्यामा केहि हद सम्म सहयोगार्थ, प्रदर्शन गर्न लागिएको कुरा आयोजक टोलीले हाम्रो संसार युनिट लाइ बताउनु भएको थियो ।

साथै सोहि दिन चलचित्र 'स्वीकार' प्रदर्शनी सँगै अन्तराष्ट्रिय कलाकार मञ्च इजरायल शाखाका कलाकारहरुले हाँस्य व्यंग्य तथा अन्य बिबिध सास्कृतिक कार्यक्रम पनि गरिने भएको । साबिकको टिकट दर भन्दा पचास प्रतिशत कम गरी 60 NIS मा 'स्वीकार' को टिकट पाईने बताईएको छ । इजरायली समय अनुसार बेलुकी ९ बजे बाट प्रदर्शन हुने सो चलचित्र हेर्नको लागी आउने दर्शकहरुको सुविधाको लागी लेविन्सकी पार्कबाट हाल सम्म जनाको निमित्त बसको पनि ब्यबस्था गरिएको छ ।

Related

मनोरञ्जन 35229696301490620

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item