प्रहरी अधिकृतहरुको सरुवाप्रति एमालेको आपत्ति

काठमाण्डौ,असार ५ । 
सरकारले नेपाल प्रहरीका उच्चपदस्थ प्रहरी अधिकृतहरूको सरुवा गरेकोमा नेकपा एमालेले आपत्ति जनाएको छ । मन्त्रिपरिषद्को हिजोको बैठकले विभिन्न प्रहरी अधिकृतको सरुवा गर्ने निर्णय गरेको थियो । नेकपा एमालेका सचिव विष्णु पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा निर्वाचन आचार संहिता विपरीत स्वेच्छचारी ढङ्गबाट गरिएको सरुवाको विरोध गर्दै यस निर्णयलाई अविलम्ब रद्द गर्न माग गरिएको छ । ‘संविधानको व्यवस्था र राजनीतिक सहमतिबिना संविधानसभाको निर्वाचनको घोषणा गर्ने वर्तमान कामचलाउ सरकारले निर्वाचन आचारसंहिताको ठाडो उल्लङ्घन गरेको विज्ञप्तीमा जनाइएको छ ।




Related

राष्ट्रिय 5272854442055895367

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item