अध्यक्ष र अधिकृत विरुद्ध उजुरी
http://sindhulidarpan.blogspot.com/2012/06/i_6877.html
चिना थापा,सिन्धुली,असार ५ ।
सौखा लघुजलविद्युत आयोजना उपभोक्ता समितिका अध्यक्ष गणेश बहादुर विक र उर्जा विकास शाखा कार्यालय सिन्धुलीका अधिकृत अर्पन जोसी विरुद्ध जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा छानविन गर्नको लागि स्थानीयले उजुरी दिएका छन् । सौखा लघुजलविद्युत आयोजनाको रकम हिनामिना गरेकाले भष्ट्रचार गर्नेलाई आबश्यक कारवाही गरी हिना मिना भएको रकम फिर्ता गरि पाउ भनी जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा उजुरी परेको हो ।
विं. स २०६५ सालमा स्थापना गरिएको सौखा लघुजलविद्युत आयोजना संचालन गर्नको लागि जिल्लाका विभिन्न संघ संस्था बाट १९ लाख ५१ हजार रकम जम्मा गरेको र सो रकम विकले मनपरी ढंगले झिकी हिनामिना गरेकाले जिल्ला प्रशाशन कार्यालय सिन्धुलीमा उजुरी दिएको इच्छा बहादुर कार्कीले बताउनुभयो ।
विकले आयोजनाको लागि चाहिने विभिन्न सामाग्रिको शिर्षकमा रकम निकाले पनि संस्थाको हितको लागि प्रयोग नभएको कार्कीको भनाई रहेको छ । विकले आयोजनाको जिम्मा पाएदेखिनै घर छाडी आफन्तकामा बस्दै आएको इच्छा बहादुर कार्की, तेज बहादुर कार्की, रुपासिंहबहादुर सुनुवारले दिएको उजुरीमा उल्लेख गरिएको छ ।
लघुजलविद्युत आयोजना निमार्ण कार्य सम्पन्न पछि रत्नावती गाविसको वडा नं ६, ९ र माहादेवडाँडाँ गाविसको १, २ र ७ वडाका १ सय ५८ घरधुरीलाई प्रत्यक्ष फाईदा पुग्ने लक्ष्यका साथ लागे पनि अध्यक्षले रकम हिनामिना गरेकाले आयोजनाको काम नभएको उजुरीमा जनाइएको छ ।
अध्यक्ष विकले उपभोक्त समितिको बैठक पनि नराखेको, आयोजनाको लागि चाहिने आबश्यक सामान खरिद गर्न उपभोक्त समितिलाई जानकारी नगराईउकोल सोे रकम हिनामिना भएको बताईएको छ । आयोजनाको कामको लागि पटक–पटक फोन मर्फत सम्पर्क गर्दा अध्यक्ष विकले आफुहरुलाई मेरा उपर जो जस्ले उजुर वाजुर गर्दछ त्यसलाई काट्ने र ज्यान मार्ने धम्की दिएकाले वाध्यत भएर जिल्ला प्रशासनमा छानविनको लागि उजुरी दिएको कार्कीले बताउनुभयो ।
संस्थाको नाममा रहेको रकम गणेश बहादुर विक र अर्पन जोसीको नाममा रहेका खातामा रहेको रकम विभिन्न समयमा निकालेको र सो सम्पुर्ण हर हिसाव तथा विल भरपाई पेश गर्न लगाई संस्थाको हिनामिना भएको रकम फिर्ता गराई संस्थाको रकम हिनामिना गर्नेलाई कानुन बमोजीमको हदैसम्मको दण्डजरीवाना गर्न माग गरिएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !