दोलखाका स्वास्थ्य संस्थामा ५० दरवन्दि रिक्त सेवाग्राहि मर्कामा

अर्जुन दाहाल, दोलखा,असार ५ । 
दोलखा जिल्लामा रहेका विभिन्न स्वास्थ्य संस्थामा ५० भन्दा वढि दरवन्दी रिक्त रहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय दोलखाका अनुसार जिल्लामा रहेका स्वास्थ्य संस्थामा हेल्थ असिष्टेन्ट १५, असिष्टेन्ट हेल्थ एसिस्टेनट २०, अनमी १३ ल्यावका कर्मचारी २ जनाको दरवन्दि रिक्त रहेको छ । गत वर्ष उपस्वास्थ्य चौकीमा स्तर वृद्धि भएका स्वास्थ्य संस्थामा पनि सरकारले कुनै दरवन्दी पठाएको छैन । अहेवको नेतृत्वमा सञ्चालन हुने उपस्वास्थ्य चौकी स्तर वृद्धि भएर स्वास्थ्य चौकीमा रुपान्तरण भएपछि हेल्थ एसिष्टेन्टको नेतृत्वमा सञ्चालन हुनुपर्ने भए पनि अहिलेसम्म केन्द्रले कुनै जनशक्ति व्यवस्था गरेको छैन ।

 गत वर्ष सरकारले जिल्लाका १० ओटा उप स्वास्थ्य चौकीलाई स्वास्थ्य चौकीमा स्तर वृद्धि गरेको थियो । जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत बस्न्त अधिकारीले जिल्लामा कर्मचारी अभाव भएको कुरा केन्द्रमा जानकारी गराईसकिएको र केन्द्रले कुनै जवाफ नपठाएको वताउनुभयो । कर्मचारी अभावमा जिल्लाका वावरे चिलंखा लगायतका उपस्वास्थ्य चौकीहरु लामो समयदेखि अहेवविहिन अवस्थामा सञ्चालन भइरहेका छन् ।

Related

विविध 6562248650158018765

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item