कुलेखानी तेस्रो समयमै सम्पन्न गर्न निर्देशन

भैसे (मकवानपुर), असार ३ ।   उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिहरुले निर्धारित समयमै कुलेखानी तेस्रो जलविद्युत आयोजना निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् ।

आयोजनाको मुख्य सिभिल निर्माणको ठेकेदार सिनो हाइड्रोले एकतर्फी रुपमा ठेक्का तोडेपछि र बन्द, हड्ताल, विरोध लगायतको कारणले  सन् २०११ मा सम्पन्न गर्नुपर्ने आयोजना अझै पुरा भएको छैन । ठेक्का तोडेको सिनोलाई सहमतिमा फर्काएर गत फेब्रुअरीममा ३० महिना समय गरिएको थियो । उर्जा सचिव हरिराम कोइराला, प्राधिकरणका कामु कार्यकारी निर्देशक महेन्द्रलाल श्रेष्ठ, उत्पादन तथा निर्माण विभागका महाप्रबन्धक रामचन्द्र पाण्डे लगायतले समयमै आयोजना पुरा गर्न निर्देशन दिएका हुन । उनीहरुले आयोजनामा देखिएका सबै समस्या समाधान गर्ने आश्वासन पनि दिएका थिए । 

शनिबार आयोजनास्थलमा रहेका प्रतिनिधिहरुलाई आयोजनाका प्रतिनिधि र सिनो हाइड्रोका प्रतिनिधिले प्राधिकरणले समयमै भुक्तानी दिन नसकेको, डिजेलको कमी, शान्ति सुरक्षाको अभाव, बेला बेलामा स्थानीयबासीबाट आउन सक्ने अवरोध लगायतका समस्याबारे जानकारी गराएका थिए । त्यसपछि उनीहरुले दुई बर्षभित्र पुरा गर्नका लागि देखिएका सबै वाधा, अवरोध हटाउने प्रतिवद्धता जनाएका थिए ।

आयोजना प्रमुख मधुसुदन प्रताप मल्लका अनुसार, अहिलेसम्म सबै कामको प्रगतिको आधारमा ३५ प्रतिशत काम पुरा भएको छ ।

प्राधिकरणको ७५ प्रतिशत र सरकारको २५ प्रतिशत लागतमा ४ एप्रील २००८ मा कुलेखानी तेस्रोको निर्माण कार्य सुरु भएको थियो । मकवानपुर जिल्लाको भैसेमा निर्माणाधीन १४ मेगावाटको उक्त आयोजनाको कुल लागत अर्ब ४३ करोडमध्ये १ अर्ब ४० करोड रुपैयाँ खर्च भैसकेको छ ।

Related

विविध 1106161188142332061

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item