ठूलालाई सिकाउदै साना बालवालिका(तस्विर सहित)
http://sindhulidarpan.blogspot.com/2012/06/i_8480.html
भिडियोको लागी यहाँ क्लिक गर्नुस् ।
पोष्टराज पहाडी,
सिन्धुली,असार ३ ।
सिन्धुली,असार ३ ।
भनिन्छ बालबालिकाहरुमा भन्दा अन्य उमेर समुहका मानिसमा बढी ज्ञान र हुन्छ र अरु उमेर समुहका मानिसले सिकाएको खण्डमा मात्र बालबालिकाले सिक्ने गर्दछ । तर सिन्धुलीको हर्षाई गाऊ विकास समितिका बालबालिकाहरु भने ठूलाबडाहरुलाई सिकाउदै हिड्ने गरेका छन् । सो गाऊ विकास समिती वडा नं ६ का १७ वर्षीय रामदेव कुमर गाऊँलाई खुल्ला दिसा मुक्त क्षेत्र बनाउने अभियानमा आफुभन्दा ठूला बडालाई सिकाउदै हिड्ने गरेका छन् ।
कुमरकै सक्रियतामा अहिले सो वडा खुल्ला दिसा मुक्त क्षेत्र घोषणा पनि भइसकेको छ । खुल्ला दिसा मुक्त क्षेत्र बनाउने अभियानका क्रममा रामदेव आफ्ना साथीहरुलाई साथमा लिएर राति १२ बजेसम्म बसनिँया वस्ति डुल्थे । बस्ति डुल्दा कहि कतै सो वस्तिका मानिसहरुले खुल्ला स्थानमा दिसा गरेको भेट्टाइएमा उक्त दिसा गर्ने व्यक्ति लाई सम्झाउने गर्थे । फेरि अर्को दिन त्यसरिनै गाउ डुल्दा सो ब्यक्तिले खुल्ला ठाँउमा दिसा गरेको भेटेमा भोलीपल्ट समाजका सामु उभ्याएर बेइज्जत गर्ने गर्थे ।
हातमा टिनको पाता र टर्च लिएर निस्कने रामदेव लगायत उनका साथीहरुकै विशेष पहलमा गाउलाई अभियान थालेको ४ महिनामै खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्ने सफल भएको स्वीकार्छन वडा स्तरिय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिका सचिव रामविलास अधिकारी । उनि भन्छन्–‘खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्नमा ठूलो योगदान छ बालबालिकाको, यसरी नै अन्य गाऊ विकास समितिहरुमा पनि बालबालिकाको सहयोग भयो भने समयमै खुल्ला दिसा मुक्त क्षेत्र बनाउन सकिन्छ ।’
खुल्ला दिसा मुक्त क्षेत्र घोषणा कार्यक्रम लागु गर्नु भन्दा पहिले त्यस वडाका ३५ घर धुरीमा एउटा मात्र चर्पी थियो त्यहि पनि प्रयोग विहिन । ३५ घरधुरीमा २ सय २० जनसंख्या रहेको सो दनुवार वस्ति बसँनियामा आजभोली हरेक घरमा पक्की चर्पी छ र सोहि चर्पीको प्रयोग पनि भइरहेको छ ।
हर्षाइको जस्तै बालबालिकाको सहयोगमा भिमस्थानको २ नंम्बर वडा यतिखेर खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भइसकेको छ । भिमस्थानको २ नंम्बर वडामा रहेको जुनतारा किशोरी समूहले पनि गाऊलाई खुल्ला दिसा मुक्त क्षेत्र बनाउनु पर्छ भने चेतना दिलाउदै गाऊ गाऊमा हिड्यो र नबुझेकाहरुलाई बुझाउने काम ग¥यो । आफुहरुले गाऊलाई खुल्ला दिसा मुक्त क्षेत्र बनाउन सक्दो सहयोग गरेको भन्दै जुनतारा किशोरी समुहकी स्नेहा घिमीरे भन्छिन्–‘सुरु सुरुका दिनहरुमा यस सम्वन्धमा गाउलेलाई बुझाउन कठीन भयो ।’
१४ वर्षीय स्नेहा सुरु सुरुमा अभिभावकले बालबालिकाका कुरा नपत्याउने गरेकोले अभिभावकहरुलाई बुझाउन समस्या भएको भन्दै उनि थप्छिन् –‘ केहि घरमा यसरी चेतना दिलाई सकेपछि अरु छिमेकीहरुलाई भने बुझाउन त्यति गाह्रो भएन ।’ स्नेहाका अनुसार दिनहूँ एउटै अविभावकको घरमा धाइरहन असम्भव भएकोले अबुझ अभिभावकहरुलाई बुझाउनको निम्ति उनिहरुकै छोराछोरीलाई माध्यम बनाई थप चेतना जगाउने काम जुनतारा किशोरी समुहका बालबालिकाले गरेका हुन् । सोहि वडाका पुण्य प्रसाद दाहालले पहिलेका दिनहरुमा बालबालिकाले जति भनेपनि आफुहरुले कुरा नसुको र पछिल्ला दिनहरुमा बुझ्दै जाँदा ठिक जस्तो लागेर घरमा चर्पी बनाएको बताउछन् । साथै उनी भिमस्थानको २ नंम्बर वडा खुल्ला दिसा मुक्त क्षेत्र बनाउन बालबालिकाहरुको ठूलो सहयोग भएको र समयमै आफ्नो वडा खुल्ला दिसा मुक्तक्षेत्र बनेको भन्दै खुसि भए ।
सिन्धुलीको क्षेत्र नंम्बर एकको अधिकांश गाऊ विकास समितिलाई खुल्ला दिसा मुक्त क्षेत्र बनाउने जिम्मा पाएको संस्था ग्रामिण महिला चेतना केन्द्रका अध्यक्ष खड्ग वसुले प्राय जसो सवै स्थानमा खुल्ला दिसा मुक्त क्षेत्र बनाउने अभियानमा बालबालिकाले उल्लेखनिय भूमिका निर्वाह गरेको बताउछन् । साथै उनले खुल्ला दिसा मुक्त क्षेत्र बनाउन बालबालिकालाई नै सचेत गरायौ भने बढी प्रभावकारी हुने बताए । ‘नेपाली उखानै छ नानी देखि लागेको बानी कसले छाड्छ ।’ वसु भन्छन्–‘यदि बालबालिका देखिनै हामीले सवै नगरिकलाई सचेत गरायौ भने अहिलेको लागी मात्र हैन भविष्य सम्म सिन्धुली खुल्ला दिसा मुक्त क्षेत्र बन्दछ ।’
त्यस्तै वसुको भनाइमा सहमत छन् नेपाल रेडक्रस सोसाइटि सिन्धुली शाखाका सभापति अशोक श्रेष्ठ पनि । जिल्लाको हर्षाइ गाऊ विकास समितिलाई खुल्ला दिसा मुक्त क्षेत्र बनाउने जिम्मा आफ्नो संस्थाले लिएको भन्दै श्रेष्ठले त्यस क्षेत्रमा पनि बालबालिकाले सक्दो सहयोग गरेको बताए । उनले भने–‘बास्तवमा बालबालिकालाई नै सचेत गराउन सकेनौ भने तिनै बालबालिकाले खुल्ला ठाँऊमा दिसा गर्ने गर्छन् त्यसैले उनिहरुलाई सबैले सचेत गर्नुपर्छ र अविभावकले पनि बालबालिकाहरुको कुरा सुन्ने गर्नु पर्छ ।’
हालसम्म सिन्धुलीको २ वटा गाउ विकास समितीहरु महादेवडाँडा र बाहुतिल्पुङ्ग तथा भिमस्थान, हर्षाइ र रानीचुरीका केहि वडाहरु खुल्ला दिसा मुक्त क्षेत्र बनिसकेका छन् । सिन्धुली जिल्ला लाई सन् २०१६ भित्र खुल्ला दिसा मुक्त क्षेत्र बनाइ सक्ने लक्ष्य राखिएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !