मैनाली नेपाल फिर्ता,परिवारमा खुसीयाली
http://sindhulidarpan.blogspot.com/2012/06/i_1738.html
काठमाण्डौ,असार २ ।
लामो जेल जीवनबाट मुक्त हुनु भएका गोबिन्दप्रसाद मैनाली आज नेपाल फर्किनुभएको छ । उहाँ दिउँसो साढे १२ बजे थाई एअरको विमानबाट त्रिभुवन विमानस्थलमा उत्रिनुभएको हो । उहाँलाई स्वागत गर्न उहाँकी आमा चन्द्रकला, दाजु लगायत आफन्तजन विमानस्थल पुग्नुभएको थियो । विमानस्थलमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै लामो समयपछि नेपाल आउन पाएकोमा आफू खुसी भएको प्रतिक्रिया दिनुभएको थियो । एक जापानी महिलाको बलत्कारपछि हत्या गरेको अभियोगमा मैनाली जेल पर्नुभएको थियो ।
तर गत बर्ष डिएनए परिक्षण पछि निर्दोष सावित हुनु भएको थियो । रिहा भएपछि अहिलेसम्म औपचारिक प्रतिक्रिया नदिनुभएका मैनालीले आजै साँझ पाँचबजे पत्रकारसम्मेलन गरेर घटनाका बारेमा जानकारी गराउने कार्यक्रम तय गरिएको छ । सन् १९९७ मा जापनकी यौनकर्मी महिलाको बलात्कारपछि हत्या गरेको अभियोगमा जेल पर्नुभएका मैनालीलाई टोकियोको उच्च अदालतले जेठ २५ गते निर्दाेष ठहर गरेको थियो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !