डिजेल र मट्टितेलमा मूल्य बृद्धि
http://sindhulidarpan.blogspot.com/2012/06/i_19.html
काठमाडौं, ५ असार । नेपाल आयल निगमले डिजेल र मट्टितेलमा मूल्य बृद्धि गरेको छ । निगम सञ्चालक समितिको हिजो बेलुका बसेको बैठकले डिजेल र मट्टितेलमा प्रति लिटर चार÷चार रुपियाँ बृद्धि गर्ने निर्णय गरेको हो । डिजेल र मट्टितेलको प्रति लिटर मूल्य ९३ रुपियाँ पुगेको छ ।
पेट्रोल, खाना पकाउने ग्याँस र हवाई ईन्धनमा भने मूल्य बृद्धि भएको छैन । डिजेलमा मूल्य बृद्धि भएपछि सवारी साधनलगायत दैनिक उपभोग्य सामाग्रीमा समेत त्यसको प्रत्यक्ष प्रभाव पर्ने छ । बृद्धि भएको डिजेल र मट्टितेलको मूल्य आजै विहानदेखि लागू गरिएको निगमले उल्लेख गरेको छ । निगमले मूल्य बृद्धि गरेपनि आफूलाई अझै घाटा रहेको जनाएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !