सिन्धुलीका यज्ञविक्रम थापा बेर्ना विक्रिबाट आयआर्जन गर्दै

रमा कार्की,सिन्धुली,असार ५ । 
सिन्धुलीको कमलामाई नगरपालिका ६ पानी ट्याङ्कीका यज्ञविक्रम थापाले विभिन्न फलफूल तथा जडिबुटिको बेर्ना उत्पादन गरेर राम्रो आम्दानी गर्नुभएको छ । उहाँले सन्कौली, बडर, कटहर, कागति, निवुवा, आँप, लिचि, मरिच, चिउरी लगाएतको बेर्ना उत्पादन गरिरहनु भएको हो ।

केहि फलफूलको वीउ रोपेर र कुनै फलफूलको चाहीँ हाँगा काटेर कलमी बनाएर बेर्ना उत्पादन गर्ने गरेको थापाले बताउनुभयो । अहिले थापाको नर्सरीमा दिनहुँ जसो बेर्ना किन्नेको भीड लाग्न थालेको छ । एउटा बेर्नाको मूल्य १० देखि २५ रुपैयाँ सम्म रहेको छ । थापाले वर्षेनी बेर्ना बेचेर भएको आर्जनबाट घरपरिवारको खर्च जुटाउन र बचत गर्न सफल भएको बताउनुभयो ।

Related

स्थानिय 9285372958685583

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item