महोत्तरीमा सवारी दुर्घटना,१ को मृत्यु

बिदुर भट्टराई, 
महोत्तरी,असार २ । 
पुर्व पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको टुटेशवर स्थित सवारी दुर्घटना भएको छ । गयराती दुर्घटनामा परि महोत्तरी हाथिलेटका ३२ बर्षिय सन्जिब थापा मगरको घटना स्थलमै ज्यान गएको छ । दुर्घटना स्थल बाट थापाले चलाएको ना ५ प ७५६ नं.को पल्सर मोटरसाईकल जलिरहेको अवस्थामा पाईएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागी आज बिहान अञ्चल अस्पताल जनकपुर पठाईको ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

यसैबिच गय राती पुर्बपश्चिम राजमार्ग अन्तर्गत धनुषाको लालगढमा पनि सवारी दुर्घटना भएकोछ । आफुले चलाएको मोटरसाईकल बाट दुर्घटनामा परि महोत्तरी बर्दिवास १ का २७ बर्षिय शुबलाल तामाङ्ग गम्भिर घाईते भएकाछन् । निजलाई होप अस्पताल बर्दिवासमा सामान्य उपचार पछि थप उपचारको लागी काठमाण्डौ रिफर गरिएको अस्पताल श्रोतले जनाएको छ ।

Related

विविध 6940369760728602804

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item