युरोकप :इंग्ल्याण्डले स्वीडेनलाई ३–२ ले हरायो

काठमाडौं, २ असार । 
युरोकप फुटवलमा शुक्रवार राती भएको खेलमा इंग्ल्याण्डले स्वीडेनलाई ३–२ ले हराएको छ । समूह चरणको अघिल्लो खेलमा युक्रेनसंग पनि पराजित भएको स्वीडेन एक खेल बाँकी छंदै प्रतियोगिताबाट बाहिरिएको छ । इङ्गल्याण्ड भने फ्रान्ससंग समान ४ अंक भएपनि गोलअन्तरको आधारमा समूहको दोश्रो स्थानमा छ ।

पहिलो हाफमा इंग्ल्याण्डले एन्डी क्यारोलले २३ औं मिनेटमा गरेको गोलको मद्दतले अग्रता  लिएपनि ४९ औ मिनेटमा इङ्गल्याण्डका डिफेन्डर ग्लेन जोन्सनले आत्मघाती गोल गरे ।  ५९ औं मिनेटमा स्वीडेनका ओलोफ मेलबर्गले गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।

खेलको ६४ औ मिनेटमा इंग्ल्याण्डका थियो वाल्कटको गोलमा ईंग्ल्याण्ड बराबरीको स्थितिमा पुग्यो । र ७८ औं मिनेटमा ड्यानी वेलबेकले गरेको गोल खेलको निर्णायक बन्यो ।

Related

प्रमूखखबरहरु 4122941992454021534

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item