सिन्धुलीका छात्राहरुमा अज्ञात रोग,अभिभावक त्रसित
http://sindhulidarpan.blogspot.com/2012/06/i_20.html
रमा कार्की,सिन्धुली,असार ६ ।
सिन्धुली डुडभन्जयाङमा रहेको मावि डुडभन्ज्याङमा अध्ययनरत अधिकाशं छात्राहरुमा विगत एक महिना देखि अज्ञात रोग देखा परेको छ । कक्षा २ देखि १० सम्म पढ्ने अधिकाशं छात्राहरु एकाएक काम्ने र बेहोस हुने समस्या देखा परे पछि त्याहाँका अभिभावक तथा शिक्षकहरु त्रसित बनेकाछन् । विद्यार्थीहरु विरामी हुन थाले पछि केही दिन अघि ५ दिनसम्म विद्यालय बन्द पनि गराएको एक अभिभावकले बताएकाछन् ।
विद्यार्थीहरुमा यसरी विरामीहुन थाले पछि केहिलाई उपचारका लािग अस्तपताल पनि लगेको तर रोग पत्ता नलागेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्वालाप्रसाद न्यौपानेले बताउनु भयो । साथै जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीलाई पनि जानकारी गराइएको उहाँले जानकारी दिनुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !