फेसवुक लफडाले नायिका विनिता वराल विवादमा
http://sindhulidarpan.blogspot.com/2012/06/i_2254.html
काठमाडौं, असार ७ । ‘चपली हाइट’ नेपाली चलचित्रका नायक राज घिमिरेलाई नायिका विनीता बरालका भाई दिकपाल कार्कीले अश्लिल गालीगलौज गरेको अभियोगमा प्रहरीले बरालसँग बयान लिएको छ ।
नायिका बरालका भई कार्कीलाई प्रहरीले बुधबारनै पक्राउ गरेर महानगरीय प्रहरी परिषर ललितपुरमा राखेको छ । प्रहरीले बयानका लागि बोलाएपछि बरालले आज ललितपुर प्रहरीमा पुगेर बयान दिएकी हुन् ।
नायिका बरालका भाई कार्कीले सामाजिक सञ्जाल फेसबुकबाट अत्यन्तै तल्लोस्तरको गालीगलौज गरेको भन्दै नायक घिमिरेले उनीहरु विरुद्ध उजुरी दिएका थिए । कार्कीलाई प्रहरीले नियन्त्रयामा लिएर अनुसन्धन शुरु गरेपछि अनुसन्धानका क्रममा नायिका बरालसँग बयान लिएको मुद्दा फाँटका प्रमुख तथा प्रहरी निरीक्षक अवधेस विष्टले जानकारी दिए ।
‘विनीता वरालजी हिजो र आज दुई दिन आफै आएर आफ्ना भाईका बारेमा बयान दिनु भएको छ,’ प्रहरी निरीक्षक विष्टले भने, ‘फेसबुक मार्फत नायक राज घिमिरेलाई गालीगलौज गरेपछि दिकपाल कार्कीलाई पक्राउ गरेका हौं ।’
नायक घिमिरेले आफ्नो फेसबुक भित्तामा अश्लिल गालीगलौज लेखेर चरित्र हत्या गरेको, योजनजन्य क्रियाकलाप गरेको लगायतका आरोप नायिका बराल र कार्कीलाई लगाएका छन् ।
नायिका बराल ‘चपली हाईट’ नामक चलचित्रमा उत्तेजनात्मक यौनदृश्य दिएर चर्चामा आएकी नायिका हुन् । सो चलचित्रका कारण नायिका बराल बिवादमा समेत तानिएकी थिईन ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !