वैकल्पिक राजमार्ग निर्माण कार्य सुरु
http://sindhulidarpan.blogspot.com/2012/06/i_5241.html
उदयपुर,असार ७ ।
लामो समयदेखि चर्चामा आएको वैकल्पिक राजमार्गको निर्माण कार्य प्रारम्भ भएको छ । सप्तकोसीस्थित चतराघाटको पुल र राजमार्गका विभिन्न भागको संरचना तयार गर्न थालिएपछि वैकल्पिक राजमार्ग निर्माणको कामले गति लिएको हो ।
धरान–चतरा, गाईघाट–कटारी, सिन्धुली–हेटौडा सडक आयोजना नाम दिइएको राजमार्गको उदयपुर खण्डमा सडक संरचना निर्माण गर्ने काम अहिले धमाधम भइरहेको छ । सदरमुकाम गाईघाटदेखि पूर्वका विभिन्न भागमा कलभर्ट, कज्वे र पुलपुलेसा बनाउने काम भइरहेको स्थानीयवासीले बताएका छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !