झारफुकमा भरपर्दा सर्पले डसेको बालकको मृत्यु
http://sindhulidarpan.blogspot.com/2012/06/i_9896.html
महोत्तरी,असार ७ ।
महोत्तरीको बर्दिवासमा आज एक बालकको सर्पले डस्दा ज्यान गएको छ । बर्दिवास ७ निवासी दुतबहादुर घिसिङका ९ वर्षका छोरा कान्छा घिसिङको ज्यान गएको हो । घिसिङलाई गएराती नै सर्पले डसेको भएपनि झारफुक गर्न धामीकोमा लगिएको बालकका काका टिका घिसिङले बताउनुभयो ।
झारफुक गर्दा समेत निको नहुने जस्तो भएपछि आफुहरुले बिहान मात्र स्थानीय जनसेवा अस्पतालमा लगेको र अस्पतालमा उपचार सम्भव नभएको अस्पतालका चिकित्सकले बताएपछि सिरहाको बन्दिपुरमा रहेको नेपाली सेनाको सर्पदंशको उपचार गर्ने स्थानमा लगिएको तर चिकित्सकले बालकलाई मृत घोषणा गरिदिएको मृतकका अर्का काका बासुदेब तामाङले बताउनुभयो । बढदो गर्मीसँगै बर्दिवास क्षेत्रमा सर्पको बिगबिगी बढेको छ । यस क्षेत्रमा सरकारी तथा निजी अस्पतालमा सर्पदंशको उपचारको व्यवस्था नभएका कारण समयमै उपचार पाउन नसकी दर्जनौ सर्वसाधारणले ज्यान गुमाइसकेका छन् ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !