क्रिकेटमा पाकिस्तानको जित

काठमाण्डौ,जेठ २२ । 
श्रीलंका विरुद्धको दोस्रो ट्वान्टी ट्वान्टी क्रिकेटमा पाकिस्तानले २३ रनले जित हात पारेको छ । जितसँगै दुई ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगीताको श्रृङ्खला १–१ को वरावरी भएको छ । गएराती हम्वान्तोतामा १ सय २३ रनको लक्ष्य पछ्याएको घरेलु टोली श्रीलंकालाई ९९ रनमा रोक्दै खेल पाकिस्तानले आफ्नो पक्षमा पारेको हो । श्रीलंकाका लागि चामरा कापुगेदेराले १९ तथा तिलकरत्ने दिलशान र लाहिरु थिरिमिनीले समान १८÷१८ रन जोड्न वाहेक अरुले राम्रो प्रर्दशन गर्न सकेनन् । 
श्रीलंकालाई सस्तैमा समट्ने क्रममा पाकिस्तानका यासिर अराफत र महोमद शमीले समान ३÷२ विकेट लिए । त्यस्तै साहिद अफ्रिदीले २ तथा सोहेल तनविर र शईद अजमलले १÷१ विकेट आफ्नो खातामा लेखाए । यस अघि टस जितेर पहिलो व्याटिङ गरेको पाकिस्तानले निर्धारीत ओभरमा ६ विकेट गुमाएर १ सय २२ रन वनाएको थियो । पाकिस्तानका अल राउण्डर सहिद अफ्रिदीले सर्वाधिक ५२ रनको योगदान दिए । मोहमद हाफिजले २४ तथा सोयव मल्लिकले २७ रन जोडे । श्रीलंका वसाईका क्रममा पाकिस्तानले एक दिवसिय र टेष्ट म्याच पनि खेल्ने छ ।

Related

प्रमूखखबरहरु 24238104222275611

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item