सिन्धुलीको बेलघारीमा आगलागी हुँदा दुई लाख बराबरको क्षति

चीना थापा, सिन्धुली,जेठ २२ ।
सिन्धुलीको बेलघारी गाविस वडा नम्बर १ घट्टेटारमा हिजो साँझ आगलागी हुँदा स्थानिय लोकबहादुर बुढाथोकीको गोठ पूर्णरुपमा ध्वस्त भएको छ । आगलागीबाट दुई लाख बराबरको क्षति भएको स्थानिय घनश्याम अधिकारीले जानकारी दिनुभयो । केटोकेटीहरुले आगो खेलाउने क्रममा आगलागी भएको स्थानियबासीले बताएका छन् । गआगलागीमा परेर ज्वाइ गोविन्द राउत घाईते हुनुभएको छ भने उहाँको बेलघारी उपस्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ । आगलागीबाट  १ भैँसी, १ पाडी, १ गोरु, ५ मुरी मकै लगायत गोठमा रहेका सम्पूर्ण अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको पीडित बुढाथोकीले बताउनुभयो ।

Related

स्थानिय 4680133419828794805

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item