बाराका किसान पिजी १४ सय ४२ जातको धान तर्फ आकर्षित

वीरगञ्ज,जेठ २२ । 
बाराका किसानहरु पिजी १४ सय ४२ जातको धान तर्फ आकर्षित भएका छन् । अन्य धानको तुलनामा उत्पादन धेरै हुने, खानमा मिठो र बोट खस्ने सम्भावना पनि कम रहकोले किसानहरु पिजी १४ सय ४२ जातको धानतर्फ भएका हुन । बाराको बिज भण्डारहरुबाट करिब ९५ प्रतिशत किसानहरुले पिजी १४ सय ४२ जातको धान किनेर लगाएका छन् ।  

हाल बारामा हाई हिमाल्ट चितवन, नेपाल कृषि परीषद काठमाण्डौ, राष्ट्रिय बिउ बिजन हेटौडा, डुमरीया बिउ बिजनले यो जातको धानको मागको आपूर्ति गरिरहेको छ । अन्य धानको तुलनामा मँहगो भएपनि पिजी १४ सय ४२ जातको धानको नै माग बढी भएको स्थानिय व्यापारीहरुले बताएका छन् ।  पिजी १४ सय ४२ जातको धान प्रतीकेजी ५० रुपैयाँमा विक्री हुने गरेको छ । खानको लागि राखेको पिजी १४ सय ४२ जातको धानसमेत किसानहरुले प्रयोग गरिरहेको उचिडिहका किसान सन्जित महतो नुनियनले बताउनुभयो । 

Related

प्रमूखखबरहरु 7551139888315512123

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item