एमालेका जिल्ला अध्यक्षहरुले पार्टी अध्यक्ष खनाललाई भेट्ने

काठमाण्डौ,जेठ २२ । 
पार्टीको शीर्ष तहमा बढेको संघीयताको विवाद मिलाउने बारेमा नेकपा एमालेका बिभिन्न जिल्ला अध्यक्षहरुले आज पार्टी अध्यक्ष झलनाथ खनालसँग छलफल गर्दैछन् । बिहान ११ बजेपछि जिल्ला अध्यक्षहरुले पार्टी अध्यक्ष खनालसँग छलफल गर्ने कार्यक्रम तय भएको खनालको नीजि सचिवालयले जानकारी दिएको छ ।

 भेटमा जिल्ला अध्यक्षहरुले संघीयताको पक्ष र विपक्षमा उत्पन्न विवाद मिलाएर पार्टीलाई एक ढिक्का बनाउन आग्रह गर्ने बताइएको छ । एमालेका आदिबासी, जनजाति तथा मधेसी नेताहरुले संघीयताको विषयमा पार्टी नेतृत्व सकारात्मक नभएकोभन्दै पार्टी छोड्ने चर्चा चलेपछि जिल्ला अध्यक्षहरुले अध्यक्ष खनालको ध्यानाकर्षण गराउन लागेका हुन् ।

Related

विविध 2397861565346862196

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item