माओवादी –मोर्चासहित १९ दलको बैठक बस्दै

काठमाण्डौ,जेठ २२ । 
घोषित संविधानसभाको नयाँ निर्वाचनको विरोधमा काङग्रेस एमाले लगायतका दलहरुले मोर्चाबन्दी सुरु गरेपछि सत्तासाझेदार एकीकृत माओवादी, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित १९ दलले आज आगामी रणनीति तय गर्ने भएका छन् । जेठ १४ को राति सरकारले घोषणा गरेको संविधानसभाको निर्वाचन असंवैधानिक भएकोभन्दै काङ्ग्रेस एमाले लगायतका १८ दलले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिइसकेका छन् । सरकारले गरेको संविधानसभाको निर्वाचनको घोषणा र १८ दलको विरोध कसरी सामना गर्ने भन्ने बारेमा छलफल गर्न १९ दलको बैठक आज बस्दैछ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजेपछि बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, काङ्ग्रेस, एमाले लगायतका दलहरुको विरोधको बारेमा कुराकानी हुने मधेसी जनअधिकार फोरम गणतान्त्रिकका कार्यबाहक अध्यक्ष राजकिशोर यादवले सीआईएनलाई जानकारी दिनुभयो । सूचना तथा सञ्चारमन्त्री समेत रहनु भएका यादवले सरकारी कदमको पक्षमा कसरी समर्थन जुटाउने र आगामी दिनमा कसरी प्रस्तुत हुने भन्नेबारेमा बैठकमा छलफल हुने बताउनुभयो । अघिल्लो साता बसेको १९ दलको बैठकले सरकारले घोषणा गरेको संविधानसभाको निर्वातनको स्वागत गरेको थियो । विपक्षी दलहरुले यही जेठ २६ अघि प्रधानमन्त्री डा बाबुराम भट्टराईले राजिनामा नदिए २६ गतेको विरोधसभाबाट आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन् ।
  

Related

राष्ट्रिय 3756632918726596455

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item