द्धन्द्धपिडित बालबालिकालाई शैक्षिक सामाग्री

पोष्टराज पहाडी,सिन्धुली,जेठ २२ ।  आफ्ना अभिभावक गूमाएका सिन्धुलीका ८ जना द्धन्द्धपिडित बालबालिका र १ जना अति गरिव बालिकालाई तेज  प्रसाद पौडेलले शैक्षिक सामाग्री सहयोग गरेका छन् । १० वर्षे जनयूद्धमा आफ्ना अभिभावक गूमाएर हाल नेपाल बाल संगठन, बाल कल्याण गृह सिन्धुलीमा बसेर अध्ययन गर्दै गरेका ८ जना द्धन्द्ध पिडित र एक जना गरीब बालिकालाई पौडेलले शैक्षीक सामाग्री उपलब्ध गराएका हुन् । 


भूतपूर्व नायव सूब्बा समेत रहेका पौडेलले आफ्नो पेन्सनबाट प्राप्त रकम मध्ये पाँच हजार रकम बराबरको सहयोग प्रदान गरेका छन् । शैक्षिक सामाग्रीमा डेड दर्जन कलम, ९ वट्टा मसि र २ दर्जनका दरले ९ जनालाई कपी रहेको छ । हाल सम्म सरकारी सहयोगबाट प्राप्त रकमले मात्र बालबालिकालाई पालनपोषणको लागि समस्या भएकोले विभिन्न व्यक्ति तथा दातृ निकाय सँग चन्दा मागेर उनिहरुको पालनपोषण गरिएको बाल मन्दिर प्राविका अध्यक्ष राम बहादुर हायूले बताउनुभयो । हायूका  अनुसार ति बालबालिकाहरुलाई हाल भगवति बोर्डीङ स्कुलले निशुल्क अध्ययनको लागि व्यवस्था मिलाएको छ । 

Related

स्थानिय 4282904766731435046

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item