सिन्धुलीमा डाका सार्वजनिक

सिन्धुली,असार ५ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आज तीन डाकाहरु सार्वजनिक गरेको छ । सार्वजनीक गरिएका डाकाहरुमा कमलामाई नगरपालीका ३ सिन्धुलीका ५२ बर्षिका ज्ञानबहादुर घलान, लालबन्दि १ सर्लाहीका २२ बर्षका संतोष महतो  र लालबन्दि सर्लाहीका ४५ बर्षका मिनबहादुर मोक्तान रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सानुराम भट्टराईले जानकारी दिनुभयो ।
उनीहरुले गत जेठ ३१ गते राति खुकुरी र पेस्तोलका गोली देखाएर कमलामाई ३, ठुलडाँडामा राती कर्णबहादुर गोलेको घरमा चोरी गरी  फरार भएका थिए ।  उनीहरुले सुनको गरगहना, सिडिएमए फोन, नोकिया सेट गरी करीब ८ लाख ९० हजार १ सय ८७ मुल्य बराबरको धनमाल चोरेर फरार भएका थियो । 
घटनामा संलग्न रहेका डाकाहरुलाई ज्ञानबहादुर घलानलाई काठमाण्डौको फपिङबाट पक्राउ गरिएको र अन्य २ लाई लालबन्दि सर्लाहीबाट पक्राउ गरेको र अन्य ३ जना पक्राउ गर्न बाकि रहेका र तिनीहरुलाई पनि चाडै पक्राउ गर्ने  प्रहरी नायव उपरिक्षक भट्टराईले जानकारी दिनुभयो ।
घटनामा संलग्न रहेका डाकाहरु जेल मुक्त पछि पनि पुनः अपराधिक क्रियाकलापमा संलग्न भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । ज्ञानबहादुर घलान मावब बेचविखन तथा ओसार प्रसारमा संलग्न रहेकामा २ बर्ष कैद मुक्त भई २०६८ कार्तिक ९ गते सिन्धुली कारागारबाट जेल मुक्त भएको, मिनबहादुर मोक्तान २ बर्ष हातहतियार खरखजना २०६६ साल माग २७ गते सिन्धुली कारागारबाट मुक्त भएको र संतोष महतो  हातहतियार खरखजना मुद्दामा ४ बर्ष जेल भोग गरी २०६७ सालमा सिन्धुली काराघार बाट जेल मुक्त भएका थिए ।
पक्राउ परेका उनीहरुलाई प्रहरीले सक्रियताका साथ लागि परेको र यिनीहरुलाई पक्राउ गर्न धेरै प्रयत्न गरेको र समयमानै लागेकाले छोटो समयमानै पक्राउ गर्न सिकएको भट्टराईल बताउनुभयो । साथै घटना हुने वितिकै प्रहरीलाई खवर गर्ने हे भने अपराधीक क्रियाकलाव गर्ने ब्यक्तिहरुलई तत्काल समाउन सक्ने भएकाले पनि प्रहरीलाई समयमानै जानकारी दिनु पर्ने बताउनुभयो ।

यो सगँ सम्वन्धीत समाचारको लागी यहाँ क्लिक गर्नुस


Related

स्थानिय 3024271564866034517

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item