राजसंस्थाले पार्टी फुटायो : गजुरेल
http://sindhulidarpan.blogspot.com/2012/06/i_5605.html
काठमाडौ,असार ५ । एकीकृत नेकपा माओवादीका पोलिटब्यूरो सदस्य हरिबोल गजुरेलले १२ बुँदे सम्झौताको विरोध गर्ने राजसंस्था र रअ सहित देश भित्र र बाहिरका शक्तिहरुले पार्टी फुटाएको दावी गर्नुभएको छ ।
उहाँले शान्ति र संविधान निर्माण कार्य अझै बाँकी रहेकोले १२ बुँदे सम्झौत गर्ने पक्षहरुसँगको सहकार्य अझै आवश्यक रहेको भन्दै दलहरुवीच सहमति नहुन्जेलसम्म संविधानसभाको निर्वाचन समेत हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो –यथास्थितिमा चुनाव हुन सक्दैन । दलहरुवीच अहिले आक्रोस छ, एक अर्का प्रति त्यो शान्त भए पछि फेरि सहमति बन्छ र मुलुक अघि बढ्छ ।
रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उहाँले बैद्य समूहले १२ बुँदे सम्झौतालाई नै गलत भनेकोले राजसंस्थासहितका शक्तिहरुसँगको साठगाठ पुष्टि भएको बताउनुभयो ।
उहाँले भन्नुभयो रअ पार्टी एकता भन्दा पार्टी फुटाउनै लाग्ने गरेको विगतको ईतिहास छ । बैद्यजीको समूहसँग रअको सम्बन्धकाकारणले पनि त्यस्तो कुरा पुष्टि हुन्छ । १२ बुँदे सम्झौता गलत भन्दा राजतन्त्र विरुद्धको आन्दोलन र गणतन्त्र नै ठिक थिएन भन्न चुनौति दिदै गजुरेलले १२ बुँदे सम्झौता र त्यसका हस्ताक्षरकारी दलहरुवीचको सहकार्य अझै पनि आवश्यक रहेको तर्क गनुभयो । उहाँले भन्नुभयो – १२ बुँदे सम्झौता हुँदा भारतसँग सहकार्य भएकै हो । अन्तर्राष्ट्रिय समर्थन विना कुनै पनि परिवर्तन संस्थागत गर्न सकिदैन । लक्ष्य प्राप्त गर्न सबै सँग सम्बन्ध राख्नु पर्छ । त्यसैले भारत, चिन, अमेरिका सहितका सबै मुलुकसँग हाम्रो राम्रो सम्बन्ध छ ।
उहाँले शान्ति र संविधानको कोर्स नै बाँकी रहेकोले भारतसँगको सहकार्य जारी नै रहेको स्विकार्दै यो कोर्स नसकिदासम्म भारत परस्तताको आरोपमा कुनै तुक नहुने दावी गर्नुभयो ।
उहाँले शान्ति र संविधान निर्माण कार्य अझै बाँकी रहेकोले १२ बुँदे सम्झौत गर्ने पक्षहरुसँगको सहकार्य अझै आवश्यक रहेको भन्दै दलहरुवीच सहमति नहुन्जेलसम्म संविधानसभाको निर्वाचन समेत हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो –यथास्थितिमा चुनाव हुन सक्दैन । दलहरुवीच अहिले आक्रोस छ, एक अर्का प्रति त्यो शान्त भए पछि फेरि सहमति बन्छ र मुलुक अघि बढ्छ ।
शान्ति र संविधान निर्माणको काम बाँकी नै रहेको अवस्थामा ठूला पार्टी विभाजन दुखद भएको भन्दै उहाँले प्रचण्डले पद त्याग गर्छु र गल्ती सच्याउँछु भन्दा पनि नमानेकोले बैद्य समूह पहिला देखिनै पार्टी विभाजनको तयारीमा रहेको पुष्टि समेत भएको दावी गनुभयो । गजुरेलले भन्नुभयो –पहिलानै पार्टी फुटाउने विषयमा विभिन्न पक्षसँग सहमति गरिसकेकोले अहिले सबै कुरा मान्छु भन्दा पनि उनीहरु पार्टी फुटाउन पुगेका हुन ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !