सर्लाहीको भक्तिपुरमा सरसफाई

सुरेश बिडारी,सर्लाही,जेठ २३ । 
विश्व वातावरण दिवसको अवसर पारेर सर्लाहीको भक्तिपुरमा आज सरसफाई कार्यक्रम गरिएको छ । दिवसको अवसरमा गाविसको वडा नं ५,६,७,,८ र ९ को सरसफाई गरिएको हो । सडकलाई नीजि नबनाऔ, सडक नीजि सम्पती होइन साझा हो, आफ्नो सरसमानहरु घरमै राखौ, सडकमा नराखौ, सडक अतिक्रमण बन्द गरौ, बस्तु चौपाया सडकमा नबाधौ जस्ता नारा लगाउँदै सरकारी तथा नीजि विद्यालयका विद्यार्थी, शिक्षक लगायत विभिन्न संघ संस्थाका प्रतिनीधिहरुले सरसफाई गरेका हुन् ।

 उनीहरुले सडक वरीपरि रहेका झाडी, बुट्यानहरु फाड्नुको साथै सडकमा भैरहेको अतिक्रमण हटाउँदै फोहोर समेत सफा गरेका थिए । सहयोगी बालक्लब, इलाका प्रहरी कार्यालय भक्तिपुर, सरस्वती उच्च मावि, श्री निमावि शंकरपुर, रुपान्तर नेपाल लगायतका संघ संस्थाहरु मिलेर सरसफाइ गरेको रुपान्तर नेपालका सामाजिक परिचालक हरि बराइलीले जानकारी दिनुभयो ।


Related

विविध 6156176593282480766

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item