सर्लाहीमा आएको पिछडा वर्गको बजेट फ्रिज हुने अवस्थामा

रुपबहादुर विश्वकर्मा,हरिवन,जेठ २२ ।
सर्लाहीमा पिछडावर्गका लागि आएको बजेटका विषयमा विवाद उत्पन्न भएपछि २३ लाख बजेट फ्रिज हुने अवस्थामा पुगेको छ । नेपाल पिछडा वर्ग महासंघ ओबिसीको जिल्ला समितिमा आवद्धबाहेक पिछडावर्गकै अर्काे समूहले बजेट परिचालनमा आफ्नो पनि सहभागिता खोजेपछि बजेट कार्यान्वयनमा विवाद भएको हो । महासंघका जिल्ला अध्यक्ष सुरेन्द्र महतोले पिछडा वर्गका लागि आएको २३ लाख बजेट स्वीकृत भईसकेको अवस्थामा अधिकारविहिन अर्काे समूहले किचलो झिकेको र त्यसैका आधारमा स्थानीय विकास अधिकारी उमेश बस्नेतले बजेट कार्यान्वयमा आलटाल गरेको आरोप लगाउनु भयो ।

 बजेट परिचालनका लागि नीति अनुरुप स्थानीय विकास अधिकारी बस्नेतको अध्यक्षतामा सात जना कार्यालय प्रमुख तथा महासंघको तर्फबाट ६ जना सदस्य सम्मिलित उत्थान समिति गठन भई सकेकोे अवस्थामा राजनीतिक आधारमा अर्काे समूह खडा भई बजेटमा बखेडा झिकिएको अध्यक्ष महतोको दाबी छ । अबको २५ दिन भित्रमा स्वीकृत बजेट कार्यान्वयन नभएमा बजेट फ्रिज हुने भएकाले आफूहरु जिल्ला विकास समिति विरुद्ध संघर्षमा उत्रने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो ।

Related

विविध 559311200787715588

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item