रक्सीभट्टी बन्द गर्ने अभियानमा महोत्तरीका बालबालिका

महोत्तरी,जेठ २२ ।
महोत्तरीको गौरीवास–१ र २ का बालबालिका गाउँमा सञ्चालित रक्सी भट्टी बन्द गराउने अभियानमा जुटेका छन् । स्थानीय बिहानी बाल क्लबमा आबद्घ बालबालिका रक्सीभट्टी बन्द गराउने अभियानमा जुटेका हुन् । अभियानअन्तर्गत बालबालिकाले आज गौरीवास –१ र २ मा सञ्चालित भट्टी बन्द गराउन माग गर्दै इलाका प्रहरी कार्यालय बर्दिबासमा ज्ञापनपत्र बुझाएका छन् ।  

गाउँमा खुलेआम रुपमा जाँडरक्सी बिक्री वितरण तथा सेवन भइरहँदासमेत मौन बसेको प्रहरीलाई ज्ञापनपत्रमार्फत यसतर्फ ध्यानाकर्षण पनि गराएको बालबालिकाहरुले बताएका छन् । जाँडरक्सीको सेवनले गाउँ घरमा विकृति बढेपछि आफूहरु यसको बिक्री वितरण नै बन्द गर्ने अभियानमा जुटेको क्लबका अध्यक्ष शर्मिला कार्कीले वताउनुभयो । केही समय अघि गठित बिहानी क्लबले गाउँमा विद्यमान विकृती हटाउन विभिन्न कार्यक्रम र सामाजिक सुधारका लागि दवावमूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

Related

विविध 3593663148889073877

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item