हाँस्य श्रृंखला तिते, जिरे, मेरी बास्सै संकटमा

सूर्यकुमार क्षेत्री,काठमाडौं, जेठ २२ ।
नेपाल टेलिभिजनबाट साप्ताहिक रुपमा प्रसारण भइरहेका हाँस्य टेलिश्रृंखलाहरु गम्भीर आर्थिक संकटमा परेका छन् । तितो सत्य, जिरे खुर्सानी, मेरी बास्सै र झ्याइकुटी झ्याईले केहि महिनायता रकम अभाव झेलिरहेका छन् । नेपाल टेलिभिजनसँग समय किनेर यी कार्यक्रम प्रसारण गर्दै आएको बिज्ञापन एजेन्सी मिडिया हवले समयमै रकम उपलव्ध नगराउँदा ती कार्यक्रम निर्माण युनिटलाई आर्थिक संकट परिरहेको छ । त्यसैले केही श्रृंखला दोहो¥याएर समेत प्रसारण हुन थालेका छन् ।

हरेक बिहिवार प्रसारण हुँदै आएको तितो सत्य युनिटले बिगत ६ महिनादेखि मिडिया हवबाट भुक्तानी पाएको छैन । तितो सत्य युनिटका एक सदस्यका अनुसार हप्तामा डेढ लाखका दरले पाउनु पर्ने ६ महिनाको कुल रकम ३५ लाख भन्दा धेरै अहिले मिडिया हबले तिर्न बाँकी छ । तितो सत्यका एक कलाकारका अनुसार पैसाको अभावमा सुटिङ्ग गर्न समस्या भैसकेको छ । उनी भन्छन ‘अहिलेसम्म जेनतेन धानिएको छ, मिडिया हवले चाँडै दिन्छौं भनेकाले आशामा छौं ।’
त्यस्तै हरेक सोमबार बेलुका दर्शकलाई पेट मिचिमिचि हसाउँने जीरे खुर्सानीको युनिट पनि  आफैं भनें रुने अवस्थामा पुगेको छ । मिडिया हबबाट लामो समयसम्म भुक्तानी नपाएकै कारण जीरे खुर्सानीले केहि समययता टेलिभिजन पत्रकारले तलव नपाएको कुरालाई व्यङ्गयात्मक पाराले देखाइरहेको युनिटकै एक सदस्य बताउँछन् । आफ्नो युनिटले पनि मिडिया हबसँग ३० लाख रुपैयाँ भन्दा धेरै रकम लिन बाँकी रहेको जीरे खुर्सानीका युनिट एक सदस्य बताउँछन् ।
जीरे खुर्सानीका निर्देशक जीतु नेपाल यसलाई हरेक बर्ष दोहोरिने समस्या भन्न रुचाउनुहुन्छ । “लोडसेडिङ्ग र बजारबाट पैसा नउठेकाले मिडिया हवले समयमै दिन नसकेको हो, तर पनि हामी समझदारी मैं काम गरेका छौं” जीतुको भनाई छ ।
मेरी बास्सैको पनि कथा यसभन्दा फरक छैन । मेरी बास्सैको निर्माण युनिटले मिडिया हवसँग २८ लाख रुपैयाँ धेरै रकम लिन बाँकी छ । आपसी झगडाका कारण निर्माण रोकिएको कुरालाई खण्डन गर्दै मेरी बास्सैका निर्देशकद्वय सिताराम कट्टेल ‘धुर्मुश’ र केदार घिमिरे ‘माग्ने बुढा’ले निर्माण रोकिनुको कारण व्यक्तिगत झगडा नभई आर्थिक समस्या भएको बताउँछन् । उज्यालो अनलाइनसितको कुराकानीमा दुवैको भनाई थियो “हामी अहिले पनि सँगै छौं, हामीबीच कुनै विवाद छैन,  मेरी बास्सै बन्द पनि हुँदैन ।”
हाँस्य टेलिश्रृखंला निर्माण युनिटहरुसँग व्यवसायिक सम्झौता गरेको मिडिया हव पनि समयमै रकम उपलव्ध गराउन नसकेको स्वीकार गर्छ । मिडिया हवका निर्देशक सोम धितालले लोडसेडिङ्गले गर्दा बिज्ञापनमा कमी भएर आर्थिक संकट परेको भन्दै ‘केहि रकम’ तिर्न बाँकी रहेको बताउनुभयो । ‘तर कलाकारलाई हामीले अप्ठ्यारो पर्न दिएका छैनौं र पैसाकै कारण सुटिङ्ग रोक्ने अवस्था आउन दिन्नौं’ धितालले भन्नुभयो ।
श्रोत:उज्यालो ९० नेटवर्क । 

Related

मनोरञ्जन 573651802608190344

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon
:noprob:
:smile:
:shy:
:trope:
:sneered:
:happy:
:escort:
:rapt:
:love:
:heart:
:angry:
:hate:
:sad:
:sigh:
:disappointed:
:cry:
:fear:
:surprise:
:unbelieve:
:shit:
:like:
:dislike:
:clap:
:cuff:
:fist:
:ok:
:file:
:link:
:place:
:contact:

भर्खरैयो साता चर्चित

भर्खरै

एमाओवादीबाट हरिबोल गजुरेल मन्त्रिमण्डलमा सहभागी हुने

काठमाडौँ, २५ असोज । एकीकृत नेकपा(माओवादी)ले कोषाध्यक्ष हरिबोल गजुरेललाई आज मन्त्रिमण्डलमा सहभागी गराउने भएको छ ।  एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०को निवास लाजिम्पाटमा बसेको पार्...

पत्रकार लीलानाथ घिमिरे सम्मानित

काठमाडौं, ४ असोज । नेपाल कम्युनिस्ट पार्टी एमाले सिन्धुली–काठमाडौं सम्पर्क मञ्चले पत्रकारिताका माध्यमबाट समाजमा योगदान गरेको भन्दै बरिष्ठ पत्रकार लीलानाथ घिमिरेलाई शनिबार राजधानीमा सम्मान गरेको छ ।&...

सिन्धुलीलाई २ नम्बर प्रदेशमा नराख्न सभाषद्हरुको चेतावनी

काठमाडौं, २ भदौ ।  सिन्धुलीका नेता तथा वुद्धिजिवीले सिन्धुली जिल्लालाई कुनै पनि हालतमा प्रदेश नम्वर दुईमा मिसाउन नहुने र त्यस्तो गरिए सह्रय नहुने चेतावनी दिएका छन् ।  काठमाण्डौंको मिनभव...

यो साता चर्चित



item