बस दुर्घटनामा,पाँचको मृत्यु

मिलन पराजुली, नवलपरासी,जेठ २२ ।

नवलपरासीको दाउन्नेमा भएको बस दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ भने झन्डढै २२ जना यात्रु घाईते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ख ४०९४ नम्बरको यात्रुबहाक बस नवलपरासीको दाउन्ने भिरको एसमोडमा दुर्घटना भएको हो । रुपन्देहीको मैनैयाका किसानहरुलाई लिएर भ्रमणमा गएर फर्केको बस दुर्घटनामा परेकको हो । घाइतेमध्ये अधिकांशको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ । घुमाउरो बाटोमा बस अनियन्त्रित भएर
सडकबाट करिब २०० मिटर तलखसेको घटनास्थल पुगेका प्रहरी नायब निरीक्षक यदु रिमालले जानकारी दिनुभयो । घटनास्थलमा अहिले घाइते यात्रुहरुको उद्दार कार्य चलिरहेको छ । बसले केही यात्रुलाई च्यापेकाले उद्दार कार्यमा कठिनाई भैरहेको प्रहरीले बताएको छ ।

Related

राष्ट्रिय 5004514707339069356

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item