भण्डारीद्धारा गच्छेदार विरुद्ध मुद्दा

काठमाडौं,  जेठ २२ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदारले आफ्नो मानहानी गरेको भन्दै वरिष्ठ नेता सरतसिंह भण्डारीले सर्वोच्च अदालतमा मानहानी विरुद्धको मुद्दा दायर गरेका छन् ।
पार्टीको विधान विपरित आफूलाई गोरखा पत्र दैनिकमा सूचना निकालेर स्पष्टिकरण सोधी मानहानी गरेको भन्दै भण्डारीले अध्यक्ष गच्छेदार विरुद्ध मुद्दा दायर गरेको जनाएका छन् ।

वरिष्ठ नेता भण्डारीले पार्टी विधानमा अनुशासन समितिलाई स्पष्टिकरण सोध्ने कुनै अधिकार नरहेको भन्दै अध्यक्ष गच्छेदारले नीति विपरित गरेका सबै कामकारबाही बदर गर्न मुद्दामा माग गरेका छन् ।


Related

राष्ट्रिय 6906638436417765201

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item