विपन्न नागरिकलाई लक्षितगर्दै नागरिक सचेतना केन्द्र गठन

ध्रुवचन्द्र खड्का, सिन्धुली,जेठ २२ । 

सिन्धुलीको कमलामाई नगरपालिका अन्तरगतका ३ वटा वडामा एकैसाथ नागरिक सचेतना केन्द्र गठन गरिएको छ । कमलामाई नगरपालिकाको आर्थिक सहयोग तथा ग्रामीण आर्थिक सशक्तिकरण समाज सिन्धुलीकोे आयोजनामा स्थानिय साशन तथा सामुदायिक विकास कार्यक्रम अन्तरगत वडाका विपन्न तथा पिछडिएका नागरिकरुको पहिचान गरि विपन्न घरधुरीका सदस्यहररुको मातहतमा नागरिक सचेतना केन्द्र गठन गरिएको हो ।

 नगरपालिकाको वडा नं. १६ मा थीरवहादुर लामिछाने संयोजक तथा दीपा नेपाली सह संयोजक रहेको २५ सदस्यीय नागरिक सचेतना केन्द्र गठन भएको छ भने वडा नं. १८ मा पनि ३० सदस्यीय नागरिक सचेतना केन्द्र गठन गरिएको छ । त्यस्तै नगरपालिकाका वडा नं. १, २, १०, ११ र १२ पनि वडा नागरिक मन्च गठन गरिएको छ । वडाका विपन्न, पिछडिएका, वन्चितिमा परेका, अशिक्षित तथा सेवा सुविधावाट पछि पारिएका परिवाहरुलाई अगाडि ल्याइ उनीहरुलाई सचेत गराउने र आफ्नो वडाको विकास निर्माण तथा अन्य विषयमा समेत चासो देखाउन अग्रसर गराउने उद्देश्यले वडा नागरिक मन्च तथा नागरिक सचेतना केन्द्र गठन गरिएको हो ।

Related

स्थानिय 4230291346028290249

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item