रामेछापका २ गाविसको जंगलमा फडानी

उज्वल राज गिरी,रामेछाप,जेष्ठ २२ ।

गौरीशंकर संरक्षण क्षेत्र घोषणा पछि रामेछापका २ गाविसको जंगलमा फडानी बढेको छ । संरक्षणका लागि सरकारले संरक्षण क्षेत्र बनाए तापनि संरक्षण क्षेत्र आयोजनाले प्रभावकारी काम गर्न नसकेपछि डेढ वर्ष यता धेरै वन फडानी भएको छ । गुम्देलको गाउँसम्म सडक निर्माण भएपछि वन फँडानी पनि बढेको हो । सडकको दायाँबाँयाको जंगल सबैभन्दा बढी फडानी भएको स्थानीय ङातेम्बा शेर्पाले बताउनुभयो । संरक्षण क्षेत्रले स्थानीय संरक्षण समिति बनाएर काम गर्ने भए तापनि गुम्देलमा गठन भए पनि चुचुरेमा अझै स्थानीय व्यवस्थापन समिति गठन गर्न सकेको छैन । सामुदायिक वनले समेत अर्को गाविसको फर्निचर उद्योगलाई कटानी पुर्जी दिएको छ । जिल्ला वनको जिम्मेवारीबाट वन संरक्षण क्षेत्रलाई हस्तान्तरण हुनु र संरक्षण क्षेत्रले आफूले पूर्ण रुपमा काम गर्न नसक्दा वन फडानी बढेको हो । 

उच्च हिमाली क्षेत्रमा पाइने ठिङ्गे सल्ला र धुपीका रुखहरु बढी काटिएको गाविस सचिव श्यामकुमार श्रेष्ठले बताउनुभयो । सरकारले संरक्षण क्षेत्रको व्यवस्थापन गर्न २०६७ साउनमा गौरीशंकर संरक्षण क्षेत्रलाई अधिकार सुम्पेको थियो । संरक्षण ऐन लागू भएपछि जिल्ला वन कार्यालयले उक्त आदेश दिनु गैरकानुनी कार्य भएको संरक्षण क्षेत्रले जनाएको छ । गुम्देलमा वन फँडानी भएको समाचार आएपछि वन तथा भू संरक्षण मन्त्रालयले जिल्ला वन कार्यालय दोलखाका प्रमुख केदारनाथ दाहालको संयोजकत्वमा छानविन समिति समेत गठन गरेको छ । समितिले स्थलगत रुपमै पुगेर छानविन सुरु गरेको छ ।

 समितिमा वन विभागका लोकनाथ घिमिरे, निकुञ्ज विभागका बाबुराम यादव र संरक्षण क्षेत्रका प्रमुख सत्यनारायण साह रहेका छन् । १५ दिन भित्र छानविन प्रतिवेदन बुझाउन निर्देशन भए पनि बन्द हड्तालका कारण समयमा काम सुरु गर्न नसक्दा थप १५ दिन समय माग गरिएको संयोजक दाहालले बताउनुभयो । संरक्षण क्षेत्र आयोजनाले वन फडानी र तस्करी गरेको भन्दै गुम्देलका दानुरी शेर्पालाई मुद्धा समेत दायर गरेको छ । गुम्देलको काठ बाम्ती भण्डार, सोलु, ओखलढुङ्गा र काठमाडौंसम्म पुग्ने गरेको स्थानीयको भनाई छ ।

Related

विविध 520099902878443199

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item