प्रधानमन्त्री भट्टराईको धुलिखेल बसाईवारे, सुरक्षा निकाय बेखबर

प्रकाश सुन्दास, काभ्रे,जेठ २१ । आरामका लागि धुलिखेल आइपुग्नु भएका प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई आज बिहान १० बजे सम्म धुलिखेलमै रहनुहुने भएको छ । पत्नी हिसिला यमी र अन्य सहयोगीहरुका साथ माउन्टेन रिसोर्टमा प्रधानमन्त्री भट्टराई बसेको बताइएपनि प्रधानमन्त्री आएको बारे आफुहरुलाई केही थाहा नभएको काभ्रेका प्रहरी प्रमूख डिएसपी सुरेन्द्रप्रसाद मैनालीले जानकारी दिनुभयो । 


त्यस्तै बाग्मती अञ्चल प्रहरी कार्यालय जनागल काभ्रेलाई पनि प्रधानमन्त्री धुलिखेल आएको बारे कुनै जानकारी नभएको एसएसपी पशुपति उपाध्यायले बताउनुभयो । संविधान सभाको विघटन र नयाँ संविधान सभाको निर्वाचन मिति तोके देखि प्रधानमन्त्री भट्टराई निकै तनावमा रहनुभएको छ । प्रधानमन्त्री भट्टराईले यस अघि पनि विभिन्न पटक सुरक्षा निकायलाई थाहा नै नदिइ धुलिखेल आएर राजनीतिक दस्तावेजहरु तयार गर्दै आइरहनुभएको छ ।

Related

विविध 1084966903426858246

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item