सरकारले आज बहृत अन्तरक्रिया गर्दै

http://sindhulidarpan.blogspot.com/2012/06/i_4567.html
काठमाण्डौ,जेठ २३ ।
सरकारमा रहेका दलहरुले संविधान नबन्नुको कारणबारेमा आज अन्तरक्रिया गर्दैछन् । अन्तरक्रियामा तीन सयभन्दा बढीलाई आमन्त्रण गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । कार्यक्रममा नागरिक समाज, उद्योग वाणिज्य सङ्घ, नेपाल उद्योग परिसङ्घ, पेशागत सङ्घसस्था, नेपाल बार एशोसियसनलगायतका दुई दर्जन भन्दाबढी सङ्घसस्थालाई आमन्त्रण गरिएको छ ।
संविधानसभाबाट संविधान किन बन्न सकेन, नेपाली काङ्ग्रेस र नेकपा एमालेले किन संविधान बन्न दिएनन् भन्ने विषयमा सरकार सम्बद्ध दलले आफनो धारणा प्रष्ट राख्ने र अन्तरक्रियाबाट आएका सुझावका आधारमा अगाडि बढ्नेसमेत सञ्चार मन्त्री तथा फोरम गणतान्त्रिकका कार्यवाहक अध्यक्ष राजकिशोर यादवले जानकारी दिनुभयो ।
अन्तरक्रियामा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष एवम् प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, मोर्चाका तर्फबाट मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदार, सूचना तथा सञ्चारमन्त्री यादव लगायतका नेताहरूले आफनो धारणा राख्ने कार्यक्रम तय गरिएको छ । अन्र्तक्रिया दिउँसो २ बजे होटल याक एण्ड यतिमा हुनेछ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !