मन्त्रिपरिषद्द्धारा सेनामा सरुवाबढुवा, एडीबीसँग छलफल गर्न टोली गठन गर्ने

काठमाण्डौ,जेठ २३ । 

नेपाल सरकारले एसियाली विकास बैंक एडीबीले उपलब्ध गराउने ऋण सहायताका लागि वार्ता गर्न टोली गठन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘जलसाधन आयोजना तयारी सुविधा’ कार्यक्रमका लागि एसियाली विकास बैंकले उपलब्ध गराउने एक करोड १० लाख अमेरिकी डलर अनुदान सहायता प्रदान गर्ने विषयमा बैंकसँग छलफल,वार्ता गर्न टोली गठन गर्ने निर्णय गरेको छ । वार्ता टोलीले नेपालले ऋण सहायता खर्च गर्न आयोजना सहितको बिबरण बैंकसँग पेश गर्नेछ । बैठकले टोलीलाई वार्ता अख्तियारी समेत दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले  जानकारी दिनुभयो । त्यस्तै सरकारले नेपाली सेनामा सरुवा, बढुवा र पदस्थापन गरेको छ ।

 नेपाली सेनाका महासेनानीद्वय दीपकप्रसाद भारती र देवेन्द्रबहादुर मेधासीलाई सहायकरथी पदमा बढुवा गरी आठ सहायकरथीको सरुवा समेत गर्ने निर्णय गरिएको मन्त्री यादवले जानकारी दिनुभयो । त्यसैगरी प्राविधिक महासेनानी डा राजेश पन्त तथा सहायकरथीद्वय पदमविलास कार्की र विजय मोक्तानको पदवाधि थप गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ । बैठकले गत चैतमा बैतडी जिल्ला श्रीकृष्ण उच्चमावि पाटन केन्द्रमा परीक्षा दिने क्रममा सामूहिक बलात्कारको पीडा भोगेकी छात्रालाई उपचार गर्न निजका पिता मार्फत रु एक लाख उपलब्ध गराउने निर्णय गरेको छ । सरकारले शिक्षा मन्त्रालय र वनारस हिन्दू विश्वविद्यालयबीच वनारस हिन्दू विश्वविद्यालयमा नेपाल चियर राख्ने विषयमा तयार गरिएको समझदारीपत्रमा हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ ।

Related

राष्ट्रिय 2739181632935352413

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item