एसएलसीमा फेल हुदा आत्महत्या गर्नेको संख्या बढदो
http://sindhulidarpan.blogspot.com/2012/06/i_5859.html
काठमाण्डौ,असार २ । प्रवेशिका परिक्षा एसएलसीमा फेल भएको पिडामा ११ जनाले आत्महत्या गरेका छन् । पछिल्लो समय बाँके,कञ्चनपुर, सिन्धुपाल्चोक र पर्वत परिक्षार्थिहरुले आत्महत्या गरेका हुन् । बिहीबार सात परीक्षार्थीहरुले आत्महत्या गरेका थिए।
प्रहरी प्रधान कार्यालयका अनुसार बाके शमशेरगन्ज–७ का १६ बर्षे नेत्रबहादुर थापाले विषादी खाएर आत्महत्या गरेका छन् । कन्चनपुर, सुडा–२ की २० वर्षिया आशा रैकालले झुन्डिएर आत्महत्या गरेकी छन्। उनले पनि बिहीबार बेलुका घरको धुरीमा चुन्निको पासो लगाएर आत्महत्या गरेकी हुन्। सिन्धुपाल्चोक, पांग्रेटारकी १७ बर्षिया सुशीला तिमल्सिनाले पनि बिहीबार बेलुकै डोरीको पासो लगाएर आत्महत्या गरेकी छन्। पर्वतको ठानामौला गाविसकी एक युवतीले कालीगण्डकी नदीमा हामफालेर आत्महत्या गरेकी छन् । ठानामौला गाविस–९ अर्चलेकी १७ वर्षीया दुर्गा अधिकारीले बिहीबार दिउँसो कालीगण्डकीमा हामफालेर आत्महत्या गरेकी हुन् ।
बिहीबार बिहान काठमाडौंमा निरुता कार्की र रुविना कार्कीले आत्महत्या गरेका थिए। धादिङ ज्यामरुङकी १७ बर्षिया रेश्मा कँडेल विराटनगरकी मधु देवान, नेपालगन्जकी प्रतिक्षा शर्मा, पाल्पाकी सरिता राना र जनकपुरकी सेखाकुमारी सिंहले एसएलसी अनुत्रीर्ण भएपछि आत्महत्या गरेका हुन् ।
कीतिर्पुर नरेफाँटमा निरुता कार्की कोठामा झुन्डिएको अवस्थामा फेला परिन । रामेछाप खाँडदेवीकी उनी काठमाडौंमा दाजुसँगै बस्दै आएकी थिइन । बिहीबार नतिजा हेरेकी उनी असफल भएपछि सिलिङङ्खयानमा झुन्डिएकी थिइन्।
काठमाडौं प्रभाव माविबाट एसएलसी दिएकी रुविना केसीले पनि विहीवार विष सेवन गरी आत्महत्या गरेकी थिइन् ।
धादिङ ज्यामरुङकी १७ वर्षीया रेश्मा कडेल अध्ययनमा राम्रो भए पनि परिक्षामा फेल भएपछि आत्महत्या गरीन् । विराटनगरकी मधु देवान, नेपालगन्जकी प्रतिक्षा शर्मा, पाल्पाकी सरिता राना र जनकपुरकी सेखाकुमारी सिंहले एसएलसीमा अनुत्रिर्ण भएपछि आत्महत्या गरेका हुन । पाल्पा छहाराकी १६ वर्षिया सरिताको शव घरमा झुन्डिएको अवस्थामा फेला परेको थियो । विराटनगरमै श्रीराम उच्चमाविबाट एसएलसी दिएकी मधु देवानले बिहीबार बिहान विष सेवन गरेर आत्महत्या गरिन् । जनकपुर– ८ की १६ वर्षिया सेखाकुमारी सिंह घरमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
किन हुन्छ आत्महत्या भन्ने जिज्ञासामा मनोविष्लेषकरुले मनोकांक्षा पुरा नहुदा आत्मग्लानिमा उदास भएर आत्महत्या गर्ने गरेको वताउछन् । उनीहरुका अनुसार समाजमा विद्यमान सामाजीक ब्यवस्था अनुसार आफ्नो मान मर्दन भएको आशंका गर्नु, हिनतावोध गर्नु, हरेश खानु, सोचे जस्तो नहुनु, अरु भन्दा आफुलाई कमजोर सोच्नु, निरन्तरताको असफलता र अपेक्षा गरे अनुसार परिणाम नआउनु जस्ता कारणले आत्महत्या गर्ने गरेको विष्लेषकहरुको अनुभव रहेको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !