सन्तान अनुकुल नहुँदा आमाको हत्या
http://sindhulidarpan.blogspot.com/2012/06/i_7197.html
हेटौंडा, साउन २ । आफू अनुकुलको सन्तान उत्पादन नहुने भएपछि एककृत माओवादीले आमाको हत्या गरेको आरोप एमाले सचिब शंकर पोखरेलले लगाउनुभएको छ । हेटौंडामा आज एमालेले नगर कमिटीले आयोजना गरेको कार्यक्रममा पोखरेलले संबिधानसभाको जन्मदाता ठान्ने एमाओवादीले आफू अनुकुको संबिधान आउने सम्भावना नदेखेपछि संबिधानको हत्या गरेको दावी गर्नुभयो ।
प्रधानमन्त्री बाबुराम भट्टराईले चुनावको घोषणा गर्नु मुख्र्याई मात्र भएको भन्दै सचिब पोखरेलले भन्नुयभो , ‘नेपालमा जस्तो संबिधानसभा भङग गरि निर्वाचनको घोषणा गर्ने परम्परा विश्वमा कतै छैन ।’संक्रमणकालको मौका छोपेर कार्यकारी प्रधानमन्त्रीको फुर्ती देखाउन एमाओवादी र प्रधानमन्त्री भट्टराई मिलेर संविधानसभा भङग गरेको उनको आरोप थियो । उहाँले भन्नुभयो , ‘फुर्ती लगाउदै हिडेका प्रधानमन्त्री भट्टराई राष्ट्रपतिको एक पत्र पछि लल्याकलुलुक्क परेका छन् ।’


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !