चुनाव मंसिरमै गराउँछु : भट्टराई

सुर्खेत, असार २ । प्रधानमन्त्री बाबुराम भट्टराईले आगमी मंसिर ७ गते नै जसरी पनि संविधानसभाको चुनाव गरेरै छोड्ने दावी गरेका छन् । बाजुरा जाने क्रममा आज शनिबार सुर्खेत विमानस्थलमा पत्रकारहसँग उनले यस्तो बताएका हुन्् । मुलुकलाई राजनीति र संवैधानिक संकटबाट पार लगाउन पुनःसंविधानसभाको निर्वाचन गर्न आवश्यक रहेको भट्टराईले बताउनुभयो । 

‘आगामी मंसिरमा नै चुनाव हुन्छ,’ उहाँले, भन्नुभयो , ‘केही दलहरुले विरोध जनाएपनि सबै दलहरुको सहमतिमा नै चुनाव गराउँछु ।’ ‘सर्वोच्च अदालतको संविधानसभाको म्याद थप्न नपाईने निर्णयसँग मुलुकमा संवैधानिक संकट उत्पन्न भयो,’ उहाँले भन्नुभयो , ‘अब पुनःसंविधानसभाको निर्वाचन गरी नयाँ संविधान निर्माण गर्नुको विकल्प छैन ।’ 

सहमतिका लागि आफूले सबै दलहरुसँग वार्ता र संवाद गरिरहेको भन्दै भट्टराईले चाडै नै सहमतिमा पुग्ने समेत बताउनुभयो । एमाओवादीभत्रको विवाद व्यक्तिगत टकराव र पदको लोलुपता नभई बैचारिक बहश भएको उहाँको भनाई छ । ‘यो बैचारिक बहस हो, हामीले त्यसरी बुझेका छौ तर वैद्यजीहरुले छुट्टै भेला गर्नु गलत हो’ उहाँले भन्नुभयो ।  

Related

राष्ट्रिय 7060990732466121074

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item