सुन लुटेर भाग्दै गर्दा धुलिखेलबाट दुई जना पक्राउ

प्रकाश सुन्दास,काभ्रे,असार २ । 
काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर–१ बस्ने चमेली ठकुरीको कानमा रहेको आधा तोला सुनको १ जोर वेरुवा रिङ लुटेर भाग्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय काभ्रेले आज दुई जनालाई पक्राउ गरेको छ । आफ्नो खेतबारीमा काम गर्न पैदल हिडि रहनुभएका ४९ बर्षिया ठकुरीको कानबाट सुन लुटेर भाग्दै गर्र्दा दिउँसो १ः३० तिर काभ्रेको भिमखोरी गाविस वडा नम्बर–६ का २५ वर्षिय राजु भनिने कुल वहादुर मगर र धादिङ्ग जिल्ला कटुन्जे गाविस वडा नम्बर–३ घर भएका २२ बर्षिया हरी कुमार तामाङ्गलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी मोवाइल गस्ती टोली र स्थानिय बासिन्दाको सहयोगमा लुटिएको सुन समेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनालाई ‘रहजनी चोरी’ मुद्दा अन्र्तगत आवश्यक अनुसन्धान एवं कारवाही गरिने काभ्रेका प्रहरी प्रमुख सुरेन्द्र प्रसाद मैनालीले बताउनु भयो । 

Related

विविध 1074800072316117592

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item