घोडा,खसी र कुकुरका साथ बम्जन सिन्धुलीमा (भिडियो हेर्नुहोस्)

बम्जनको भाषण हेर्नुहोस् ।  
पोष्टराज पहाडी,
सिन्धुली,असार २ । 
बाराको हलखोरिया जंगलबाट विहिबार राति साँढे १० बजे हिडेका जंगलमा तपस्यारत भनिएका राम बहादुर बम्जन सिन्धुली आइपुगेका छन् । विहिबार राति १ बजे आफ्ना करिब ५० जना सहयोगीका साथ गाडीमा उनि सिन्धुली आइपुगेको जानकारी शुक्रबार  पत्रकार सम्मेलनमार्फत गराइएको छ । 
बोधि श्रवण धर्म गुरु संघको तथा कर्मा सामतेनलिङ गुम्बा व्यवस्थापन समितिको सहकार्यमा अहिले उनि सिन्धुलीको कमलामाई नगरपालीका ७ रहेको कर्मा सामतनलिङ गुम्वामा रहेका छन् । पत्रकार सम्मेलन मार्फत दिइएको जानकारी अनुसार उनले बारा छोडेर अन्य जिल्ला भ्रमणको लागि निस्कने मनासय बनाएर सिन्धुली आउने इच्छा गरेपछि तत्कालै सिन्धुली आएका हुन् । उनलाई चितवन तथा मकवानपूरको बोधि धर्म श्रवण गुरु संघले अनुरोध गरेता पनि सिन्धुली आउने इच्छा गरेको सो पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । 
टाटा सुमोमा सिन्धुली आएका बम्जनका साथमा एउटा सेतो घोडा, एउटा खसी र एउटा कुकुर समेत रहेको छ । उनका सहयोगीका अनुसार उक्त सेतो घोडा भने  शुक्रबार ट्रकमा राखेर ल्याइएको छ । साथै उनि सिन्धुलीमा करिब एक साता  रहने पनि सो  पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको थियो  । तर कतिन्जेल सिन्धुली रहने भन्ने उनिको विचारमा भरपर्ने जनाइएको छ ।  
उनि सँगै पोल्याण्ड र हल्याण्डको एक÷एक जना तथा  अष्ट्रेलियको २ जना विदेशी नागरिक पनि साथमा आएका छन् । बम्जनलाई हेर्न पाइने भन्दै वरिपरि स्थानियको घँुइचो लागेको छ  ।
























Related

स्थानिय 1879130230291468247

1 commentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item