अपाङ्गहरुले जिविस कार्यालयमा धर्ना दिए
http://sindhulidarpan.blogspot.com/2012/06/i_8393.html
सुनिल ठाकुर, सर्लाही,जेठ ३२ ।
जिल्ला विकास सर्लाहीले अशक्त अपाङ्ग शिर्षकमा विनियोजन गरेको रकम दिन आलटाल गरेको भन्दै अपाङ्गता जिल्ला समन्वय समितिले ३ सुत्रिय माग राख्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । आन्दोलनको आज पहिलो दिन समितिले जिविस कार्यालयको मूल गेटमा पाल टाकेर धर्नामा बसेको हो ।
समितिले प्रेस विज्ञप्ती जारी गर्दै आर्थिक वर्ष ०६८÷०६९ को विनोयोजित भएका सम्पूर्ण रकम रु ६ लाख ६५ हजार अपाङ्गता जिल्ला समन्वय समिति सर्लाही मार्फत संचालन हुनुपर्ने, प्रत्येक वर्ष वार्षिक रुपमा सयजना पूर्ण अशक्त, अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुको शुलभ शौचालय तथा खानेपानी कार्यक्रम अपाङ्ग संस्थामार्फत नै संचालन हुनुपर्नेलगायतका माग राखेर आन्दोलनमा उत्रेका हुन् ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !