माओबादी फुट्नु कति जायज हो ?


छत्र बहादुर मैनाली,
सिन्धुली,हाल कोलम्विया ।

पछिल्लो ताजा राजनीतिक घटनाक्रमको सेरोफेरोमा एकीकृत नेकपा माओबादी पार्टी फुट्ने खबरले सबैको ध्यान खिच्न सफल भएको छ देश विदेश सर्वत्र  पार्टी फुट्ने खबरले ब्यापकता पाएको छ  पार्टी अध्यक्ष कमरेड प्रचण्डले पार्टी फुट्नु हुन्न भन्दै सार्वजनिक अभिव्यक्ति एबम  ७ बुंदे लिखित प्रस्ताब गरे पनी  कमरेड मोहन बैध्य पक्षले अस्विकार गर्दै  ६ बुंदे प्रस्ताब मार्फत संस्थापन पक्ष लाई जबाफ फर्काएको छ संस्थापन पक्षको छलछाम ,धोखाधडी हुन सक्ने आशंका गर्दै  संस्थापन पक्षले लिखित रुपमा आत्मालोचना नगरे सम्म पार्टी एकताको बिषयले मुर्त रुप लिन नसक्ने ठहर गरेको छ   बिषयको गम्भीरतालाई  नलिने हो र बिज्ञप्ति निकाल्दै  एक आपसमा प्रहार गर्ने हो भने  राजनीतिक वृतमा झनै अन्यौलता को परिश्थिति थपिदै जाने निश्चित छ  कार्यकर्ता पंक्तिमा भावी परिश्थिति के हुने भन्नेमा अन्यौलता छाएको छ  ।
आम कार्यकर्ता ,शुभचिन्तक , बुद्धिजीवी ,प्रवाशी संगठन हरु  लगायत ले पार्टी नफुटे हुन्थ्यो अध्यक्ष कमरेड प्रचण्डले हदै सम्मको लचकता अपनाएर  भएपनि फुट्न बाट जोगाउनु पर्छ  भन्दै जोड दिरहेका छन  तर शिर्ष तहमा रहेका नेताहरुको आपसी बैमनाश्यता, एक आपसमा दोशारोपन्ले गर्दा पार्टी चोइटिने सम्भावना बढ्दै गएको छ आम जनमानसमा पर्न गएको अन्यौलता हटाउने जिम्मा शिर्ष नेतागण को काधमा आइपरेको छ ।
एकीकृत नेकपा  माओबादी  मुलुकको  सबै भन्दा ठुलो दलको रुपमा स्थापित राजनीतिक दल हो ठुलो दलको हैसियतले अन्य पार्टीमा भन्दा बढी जिम्मेवार बोकेको पार्टी भएकोले पार्टी अस्तित्व जोगौनाका निम्ति जस्तो सुकै त्याग गर्न  पछी हट्न नहुने समय आएको छ पार्टीलाई एक ढिक्का पारेर संचालन गर्न पक्कै पनी चुनौती छ पार्टी भित्र उठ्ने हरेक आवाजलाई सम्बोधन गर्नु कठिनपूर्ण छ   पार्टी संचालनका निम्ति भनेका र सोचे जस्तो सहज र सरल बातावरण नहुन सक्दछ  कुनै पनी संगठन प्रमुख भएर नेतृत्व गर्नु तिहारमा  द्यौसी भैलो खेले जस्तो हैन  पार्टीको भावी भविष्यलाई  मध्यनजर गर्ने हो भने नेतृत्वमा रहने जो कोहिले देश काल परिश्थिति अनुरुप  जस्तो सुकै  त्याग तपस्या गर्ने   हिम्मत राख्न सक्नु पर्दछ  हरेक  चुनौतिका बाबजुद पार्टीलाई एकताको सुत्रमा बाधेर  पार्टी अस्तित्व रक्षार्थ संचालन गर्न सक्षम हुन सक्नुनै कुशल संगठन कर्ताको परिचय हो चाहे पद त्यागेर  हुन्छ चाहे पदमै रहेर हुन्छ पार्टी विभाजनलाई रोक्नु  पहिलो कर्तब्य पनी हो कुनै  पनी संगठन आजको भोलि तयार भएका हैनन् यो सबैमा चेतना हुनु जरुरि छ  यौटा संगठन  पूर्ण रुपमा तयार गर्नका निम्ति  नगन्य मात्रामा मिहिनेत ,समय लागेको हुन्छ त्यत्रो समय खर्चेर निर्मित संगठनलाई जोगाउनु त्यसको रक्षा गर्नु नेतृत्व कर्ताको परम् धर्म पनी हो किनकि त्यहिँ संगठनको आधारमा राजनीतिक पहिचानका साथ मुलुकमा स्थापित भएर  देश र जनताको  सेवा गर्ने उध्यश्य बोकेर आफ्नो जीवनको अमुल्य क्षणलाई समर्पित गरिएको हुन्छ ।
सामान्य तरिकाले विश्लेषण गर्ने हो भने  यति ठुलो राजनीतिक संस्थाको बिषयमा विवाद उत्पन्न भइ सके पश्चात संस्थापन पक्षले  गम्भीरता देखाएर समस्याको समाधान गर्नु पर्ने हो कि ?  पशुपतिको जात्रामा जुहारी खेले झैँ  जुहारी खेलेर समस्या प्रति खेलाची ढंगले प्रस्तुति हुने हो  यहिपाराले  समस्याले समाधान  पाउला त ? अहिलेको तरल राजनीतिक अवस्थामा पार्टी फुट्नु कति जायज हो ? यसको लेखाजोखा हुनु पर्दछ ।
बिगतमा पनी पार्टी फुट्ने र पुन : जुट्ने परम्परा रही आएकै हो कति पार्टी फुटेर प्राय बिलिन अवस्थामा पुगेका पनी हुन् कतिको अस्तित्व समाप्त भएर ओल्लो घाट न पल्लो तिर भने जस्तो अवस्थामा पुगे भने कतिपय  सिधान्तमा टिक्न नसकी  अनुकुल स्वार्थ सिद्ध गर्न तर्फ हाम फाले  त्यो क्षणिक  निर्णयले गर्दा राजनीतिक वृतमा कति पछाडी  परिने रहेछ  भन्ने ति पात्रहरुको दिन चर्या हेरे मात्र पनी धेरै ज्ञान हासिल गर्न सकिन्छ ।
 एकीकृत नेकपा माओबादी पार्टीको सिर्शस्थ तहमा देखिएको मनमुटाव लाई जब सम्म स्थाई समाधान गरिने संयन्त्र निर्माण हुन्न तब सम्म एकता हुने कुरामा शंका नै रही रहन्छ सबैको भावनालाई समग्ररुपमा समेटेर पार्टीलाई एक ढिक्का बनाउदै अगाडी बढ्न सकेमा मात्र पार्टीको सिधान्त ,आम जनमानसको चाहना परिपूर्ति हुने देखिन्छ  विवाद र असन्तोषका बीच दोहोरि गितको सैलिमा चल्ने हो भने समस्याको समाधान हुन गार्हो देखिन्छ ।
मुलुकमा अझै पनी राजनीतिक स्थायित्व ,दिगो शान्ति सु व्यवस्था,आर्थिक क्षेत्रमा देखा परेको असरलाई समग्र रुपमा  सम्बोधन हुन सक्ने अवस्था छैन  मुलुकमा दिगो शान्ति स्थापना मार्फत आर्थिक क्षेत्रमा व्यापक  परिवर्तन  हुनका निम्ति राजनीतिक स्थायित्व मूल बिषय हो जब सम्म मुलुकमा राजनीतिक स्थायित्व स्थापना  हुन्न तब सम्म शान्ति ,आर्थिक लगायत कुनै पनी क्षेत्रको बाताबरण अनुकुल नहुन सक्छ राजनीतिक स्थायित्व हुनका निम्ति सर्व प्रथम राजनतिक दलहरुमा देश र जनता प्रति प्रतिबद्ध हुनुका साथै इमान्दारी ,झुटको राजनीतिलाई तिलान्जली दिएर स्वच्छ राजनीतिक व्यबस्थाको निर्माण गर्न सक्नु पर्यो  आफ्ना आफ्ना राजनीतिक पार्टी का बिधान मा उल्लेख भए बमोजिम राष्ट्र हित हेतु  एक एक बुंदा लाई मनन गर्दै देश र जनता प्रति समर्पित हुन सक्नु पर्यो  राजनीतिक दलहरु भिन्न भिन्न सिधन्ताको आधारमा  संचालन हुने भएकाले राजनीतिक प्रतोसोध्को भावना भन्दा राष्ट्रिय भावनालाई  केन्द्र बिन्दु बनाएर मुलुकको माटो सुहाउदो सासन ब्यबस्था स्थापित गर्न एक भएर लाग्नु पर्यो  राजनीतिक क्षेत्रलाई स्वच्छ ,विश्वासयोग्य , संस्थाको रुपमा बिकशित गर्दै आम विश्व समुदायमा विश्वास दिलौना सक्नु पर्यो राजनीतिक संक्रमण कालको  फाइदा उठाउदै  स्वार्थी तत्वहरुले व्यापक फाइदा उठाई रहेको तितो यथार्थ  हाम्रो समू छर्लंग छ अब उप्रान्त यस्तो गतिविधिको अन्त्यको लागी सम्पूर्ण राजनीतिक दलहरु  यौटै मन्चमा उभिएर एकताको  संदेश प्रबाह गर्न नितान्त ढिला भइ सकेको छ मुलुकमा राजनीतिक स्थायित्व पहिलो जरुरि भएकोले  सबै राजनीतिक दलहरुले नेपालको माटो  छोएर देश र जनता प्रति पूर्ण प्रतिबध हुने सपथ खादै समुनत नेपालको सपना साकार पर्ने बाटोमा लाग्नु आजको आबश्यकता  भएको छ तब मात्र समुनत नेपालको सपनाले साकार रुप लेला सिंगापुर ,स्वित्जर ल्याण्ड  बनाउछु भन्नेका पनी सपना साकार होलान  , मेलम्ची को पानि राजधानी भित्र्याएर  राजधानी बाशिको प्यास समयमै मेटिएला  नेपालको छविलाई अन्तर्राष्ट्रिय क्षेत्रमा सजिलै स्थापित गरौना सफल भइएला हैन भने  गत हप्ता  २२ दल सम्बध एक कार्यक्रममा उपस्थित जनहरुको अवस्थालाई हेर्ने हो र  भोलि पल्टै अर्को एक दलले  आयोजना गरेको कार्यक्रम संग दाज्ने हो भने  १ दलको पक्षमा बहुमत स्पस्थ हुन्थ्यो २२ दललाई माथ गर्ने किसिमको १ दलले  गरेर देखाइ दियो  यो लेख लेखि रहदा  कमरेड प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेछ  राजधानीको टुंडिखेलमा  ,१ लाख जनता उतार्ने होडमा  प्रचार गरिएको रहेछ  उहाको कार्यक्रमले सफलता प्राप्ति गरोस तर वर्तमान अवस्थामा  राजनीतिक शक्ति को  होडबाजी भन्दा पनी मुलुकलाई स्थाई  राजनीतिक निकाशको खाचो छ  कहिले पुरा हुने छाँट देखिएन धिक्कार छ ।

Related

विचाररसाहित्य 9083191945393040001

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item