काभ्रेमा मोटरसाइकल दुर्घटना एकको मृत्यु
http://sindhulidarpan.blogspot.com/2012/06/i_9073.html
काभ्रे,असार ७ ।
काभ्रेको अरनिको राजमार्गअन्तर्गत पाँचखाल ७ केराघारीमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । दिउँसो साढे १२ बजे पाँचखालबाट धुलिखेलतर्फ आउँदै गरेको बा २ ख ९२८१ नम्बरको ट्रिपरले सोही दिसाबाट आउँदै गरेको बा २४ प ९८४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुपाल्चोक फटकसिला ८ बस्ने वर्ष २६ का कृष्णबहादुर दनुवारको घटनास्थलमा नै मृत्यु भएको छ भने मोटरसाइकल चालक सिन्धुपाल्चोककै रामबहादुर दनुवार गम्भीर घाइते भएका छन् । उहाँको अहिले धुलिखेलमा उपचार भइरहेकोछ । ट्रिपर चालक प्रहरीका नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !